२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

छाउपडी घटनाबारे राष्ट्रिय सभामा जवाफ दिन गृहमन्त्रीलाई निर्देशन

९ असार, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको घटनाबारे जवाफ दिन गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।

अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा अध्यक्ष दाहालले सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाबारे सभालाई जानकारी दिन गृहमन्त्रीलाई निर्देशन दिएका हुन् ।

‘आजको राष्ट्रिय सभा बैठकमा गम्भीरताका साथ उठेको अछामको बालिकामाथि भएको घटनाबारे जानकारी र माननीय सदस्यहरुले उठाउनु भएको सवालका विषयमा जवाफ दिन म माननीय गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँछु,’ अध्यक्ष दाहालले भने ।

त्यस्तै, अध्यक्ष दाहालले गत असार ४ गतेको बैठकमा राष्ट्रिय सभा सदस्यहरुले शून्य समय, विशेष समय लगायत विभिन्न समयमा उठाएका विषयहरुमा जवाफ दिन सरकारका नाममा निर्देशन दिएका छन् ।

आइतबारको बैठकमा अघिल्लो बैठकमा दिइएको ध्यानाकर्षणको स्मरण गराउँदै अध्यक्ष दाहालले सबै मन्त्रीहरुलाई जवाफ दिने कार्यतालिका नै बनाएर पठाइको पनि सभालाई जानकारी गराए ।

०००

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि