२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

क्रसर उद्योग नविकरणको माग राख्दै व्यवसायी आन्दोलित

९ असार, काठमाडौं । क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले शान्तीपुर्ण सडक प्रदर्शन गरेका छन् ।

क्रसर, बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण गर्नुपर्ने,  २०७९ माघ ११ गतेको मन्त्रीपरिषद्को बैठकले ढुंगा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने लगायत मागहरु राख्दै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले ‘क्रसर, बालुवा तथा खानी उद्योगहरु तत्काल नविकरण गर’, ‘स्वदेशी पुँजी लगानीको सुरक्षा गर’, ‘मन्त्रिपरषद्को निर्णय कार्यान्वयन गर’  लगायतका प्लेकार्ड बोकेका थिए ।

व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि