३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

शहिदहरूले देखाएको बाटोमा सरकार प्रयत्नशील : प्रधानमन्त्री दाहाल

२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार शहिदहरूले देखाएको बाटोमा हिड्न प्रयत्नशील रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहिद रीतबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा उनले सबै क्रान्तिकारी शहिदहरूप्रति सम्मान व्यक्त गरे ।

शहिद खड्काको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताए । ‘शहिद रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको शहादतबाट हामीलाई र देशलाई समेत अपूरणीय क्षति भएको छ ।’

शहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले उनीप्रति देश र पार्टीले सधैँ सम्मान प्रकट गर्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि