२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय ललितकला प्रदर्शनीः तीस हजार बढीले अवलोकन गरे

३२ जेठ, काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस अवधिमा ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका प्रतिष्ठानका प्राज्ञ सदस्य एवं मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले राससलाई जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ वटा कलाकृति राखिएका छन् ।

‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’भन्ने नाराका साथ भएको प्रदर्शनीमा सातवटै प्रदेशबाट छानिएका कलाकृति समावेश गरिएका छन् । गत फागुनदेखि सातै प्रदेशमा प्रदर्शनी गरिएको थियो । त्यसअघि सातवटै प्रदेशका कलाकृति छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रदर्शनीमा कार्टुन पनि राखिएको छ । देशको अवस्था झल्कने कलाकृतिको बाहुल्यता देख्न सकिन्छ । राहदानी बनाएर विदेश जान विमानस्थलमा लाम लाग्ने अवस्थालाई कलाकृतिका माध्यमबाट देखाइएको छ । नेपालको वर्तमान अवस्थालाई देखाइएका यस्ता कलाकृतिलाई दर्शकलाई आकर्षित गरेका हुन् ।

यस वर्षको प्रदर्शनीमा सुरेश लवट (तुलाधर) को २१ तारा शीर्षकको काठको मूर्ति पहिलो भएर सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गरेको छ । एक सय आठ सेन्टिमिटर उचाइको उक्त कलाकृतिले धेरै दर्शकलाई आकर्षित गरेको थियो ।

प्रदर्शनीमा आध्यात्मिक भाव झल्काउने कलाकृति पनि यथेष्ट मात्रामा राखिएका छन् । रसुवाका कलाकार सुवास आचार्यले सूर्य विष्फोट भएर ग्रह, तारा बनेको अवस्थालाई कलाका माध्यमबाट प्रस्तुत गरे । सृष्टिलाई देखाउने यस्ता कलाकृतिमा पनि अवलोकनकर्ता धेरै बेर घोत्लेर हेर्ने गरेका देखिन्छ । प्रतिष्ठानले विसं २०६८ देखि नै गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनी अवलोकन गर्ने दर्शक प्रत्येक वर्ष बढ्न थालेका प्रतिष्ठानले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि