२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा बोक्सी भन्दै महिलामाथि कुटपीट

३० जेठ, जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ । महोत्तरीको भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बाक्सी आरोपमा आफूमाथि कुटपीट भएको दाबी गरेकी हुन् ।

कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ । गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमा पसेर आफूमाथि कुटपीट गरेको घाइते जगतारनले बताइन् ।

कुटपीट गर्ने राजेशको आफन्तका दुई महिनाअघि दुई महिने शिशुको मृत्यु भएको थियो । त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको र सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि लात, मुक्का, फाइटले शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको पीडित  जगतारनको आरोप छ  । जगतारको पति वैदेशिक रोजगारीमा छन् ।

यता महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारनमाथि समान्य विवादमा कुटपिट भएको बताए । तर बोक्सी आरोपमा भएको भन्ने जानकारीमा नआएको डिएसपी जयसवारको भनाइ छ ।उनले पीडित सम्पर्कमा आए सोही अनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने बताए

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि