२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

२९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ ।

अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ ।

महाशाखाले आज बिहान ११ बजे जारी गरेको विशेष बुलेटिनमा लेखिएअनुसार जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बढी गर्मी छ ।

ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पनि मापन गरिएको छ । कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिसकेको छ । यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै मनसुन नेपालमा भित्रिएको हो ।

बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन् । बाढी पूर्वानुमान महाशाखाले त भोलिदेखि कोशी प्रदेशका नदीहरुमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि