२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

बरु बाघ भालु लैजानुहोस्, चिडियाखाना कुनै हालमा सार्न दिँदैनौं : नगरप्रमुख महर्जन

२३ जेठ, काठमाडौं । ललितपुर महानगरपािलकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन् ।

बुधबार वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्रकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताए ।

यस्तै,उनले चिडियाखाना भित्र रहेको पोखरीमा पानीको मुहान सुकेको प्रति चिन्ता व्यक्त गरे । उक्त पोखरीको संरक्षण गर्न टिकाभैरवबाट पानी ल्याएर पोखरीमा पानी हाल्ने महानगरको योजना टेण्डर प्रकृयामा पुगेको जानकारी गराउँदै उनले उनले भने, ‘हामीले टेण्डर गरिसकेका छौं त्यो मूल्यांकनको चरणमा छ । हामी टिकाभैरवको पानी ल्याउँछौं र त्यो सप्तपातल पोखरीमा भरिसकेपछि एउटा कूलो बनाएर चिडियाघरको बिचमा रहेको पोखरीमा हामी पानी ल्याउँछौं भनेको थिए त्यो काम होला होला जस्तो भैरहेको छ ।

चिडियाखानाको विकासका लागि राम्रो योजना बनाएर लयाए सहकार्य गर्न महानगर तयार रहेको बताएका महर्जनले चिडियाखाना सूर्यविनायकमा सार्न भने नदिने दाबी गरे ।
‘आजहाम्रो मन्त्रीज्यु पनि हुनुहुन्छ मैले यो कुरा भन्नैपर्ने हुन्छ, यो सरदर चिडियाखाना हामी सूर्यविनायकमा सार्न दिदैनौ ।तपाईंहरु अर्कै बनाउनुहोस् यहाँ बढी भएका बाघ भालु बरु लानुहोस् तर यो ठाउँ चाँही हामी सार्न दिँदैनौ,’ महर्जनले भने ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलमा रहेको सदर चिडीयाखाना साघुँरो भएका कारण जीवजनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको चिडियाखाना निर्माण गर्नुपर्ने आवश्यकता अध्ययन मार्फत औंल्याएको थियो ।

त्यसपछि २०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना बनाउने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ३ गते उक्त आयोजनाको शिलन्यास समेत गरिसकेका छन् तर, चिडियाखाना निर्माण योजनाले गति लिन सकेको छैन ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि