२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

नेशनल युथ फेस्टिभल–२०२४ आयोजना गरिँदै , डा. सन्दुक रुइतलगायतका व्यक्तिहरु सहभागी हुने

२२ जेठ , काठमाडौं। वाईईडी टक्स, युथ फर चेन्ज, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी र ईन डेप्थ स्टोरीले संयुक्त रुपमा नेशनल युथ फेस्टिभल–२०२४ को आयोजना गर्ने भएका छन् । आज काठमाडौमा पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराइएको हो ।

वाईडी टक्सका अध्यक्ष एवं नेशनल युथ फेस्टिभलका कार्यक्रम संयोजक दिवस कार्कीले आगामी जेठ २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनकाअनुसार नेशनल युथ फेस्टिभल कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर ल्याइएको हो ।

नेशनल युथ फेस्टिभलमा चर्चित नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइत, बौद्ध भिक्षु एवं गायिका आनी छोइङ डोल्मा, सिनियर पाइलट विजय लामा, पूर्व बैंकर अनिल केशरी शाह, मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारी, गोल्ड स्टार सुजका कार्यकारी निर्देशक विदुषी राणा, पत्रकार टीकाराम यात्री वक्ताको रूपमा रहने बताइएको छ ।

वक्ताहरुको जीवन भोगाइ र निरन्तर प्रयासपछिको सफलताका कथाले विद्यार्थीमा सकारात्मक उर्जा र प्रेरणा मिल्ने विश्वास आयोजक टिमको रहेको छ । कार्यक्रम संयोजक कार्कीले कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीहरु कार्यक्रममा सहभागी हुनसक्ने बताए ।

उक्त कार्यक्रमको प्रवेश निःशुल्क रहेको बताए । ‘यो कार्यक्रम हामीले निःशुल्क रुपमा आयोजना गर्दैछौं । हाम्रो उद्देश्य भनेको विद्यार्थीबाट प्रवेश शुल्क लिएर पैसा कमाउनु भन्दा पनि आज देशमा रहेर अन्यौलमा रहेको युवा विद्यार्थीहरुलाई केही सन्देश दिन सकियो भने त्यो नै सबैभन्दा ठूलो सफलता हुनेछ,’– उनले भने ।

नेशनल युथ फेस्टिभलले युवा विद्यार्थीहरुमा सकारात्मक जाँगर र उर्जा विजारोपण गर्ने र देशमै भविष्य खोज्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा लोकप्रिय गायकहरुको सांगितिक प्रस्तुति पनि हुने बताइएको छ ।

युथ फर चेन्जका संस्थापक अध्यक्ष तथा कार्यक्रममा सह–संयोजक हिमाल विष्टले भर्खरै कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका र उत्र्तीण गरेकाहरुका लागि लक्षित गरेर नेशनल युथ फेस्टिभल आयोजना गरिएको बताए । कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहरुमा रहेको अन्यौलतालाई समाधान गर्ने उद्देश्यले नेशनल युथ फेस्टिभलको अवधारणा सुरु भएको उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि