२८ माघ २०८२, बुधबार
प्रदेस समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा एक जनाको नदीमा डुबेर मृत्यु

९ जेठ, कैलाली । कैलालीमा एक जनाको नदीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–३ ढुसाका २३ वर्षीय राजमहम्मद खाँको नदीमा डुबेर मृत्यु भएको हो। उनको जानकी गाउँपालिका–७ स्थित पथरैया नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनी  हिजो (मङ्गलबार) बिहान भैँसि पुर्याउन भनेर टीकापुर गएका थिए।  राति ११ बजेसम्म घर नफर्किएपछि उनका परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय भजनीलाई खबर गरेका थिए।

उनलाई प्रहरीले  खोजतलासका क्रममा आज जानकी गाउँपालिका–७ स्थित पथरैया नदीमा मृत अवस्थामा फेला पारेको हो।  घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि