२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार

रेडपाण्डामा आधारित जनचेतनामूलक भिडियो सन्देश सार्वजनिक

काठमाडौं, ८ जेठ । विश्वमै दुर्लभ मानिएको रेडपाण्डा(हाब्रे)को संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले मण्डला रंगमन्चका कलाकारहरुको अभिनयमा निर्माण भएको जनचेतनामूलक सन्देश(पीएसए)मंगलबार प्रदर्शन गरिएको छ ।

रेडपाण्डा संरक्षण दूत कलाकार दयाहाङ राईको नेतृत्वमा निर्माण भएको सन्देशमुलक भिडियोमा कलाकारहरुले रेडपाण्डाको वास्तविक चित्रण गरेका छन् ।

रेडपाण्डा नेटवर्कको सहयोगमा निर्माण भएको भिडियोमा रेडपाण्डाको चरित्रमा प्रवेश गरेर कविता, नृत्य र अभिनयका माध्यमबाट वन्यजन्तुको संरक्षणमा अभिप्रेरित गर्न भिडियो निर्माण गरिएको कलाकार राईले जानकारी दिए ।

‘भिडियोले रेडपाण्डाको चरित्रमा प्रवेश गरेर कविताले दर्शकहरुलाई यसको दुर्दशाप्रति सहानुभूति देखाउन र मानव एवम वन्यजन्तुबीचको साझा जोखिम पहिचान गर्न प्रोत्साहित गर्छ भन्ने विश्वासमा छु,’राईले भने,‘पूर्वीय दर्शनमा जनावरहरुमा भएको कलालाई मानवले प्रशस्त प्रयोग गर्ने गर्छन । यसमा हामीले वनमा रहेको वाँसका टुसा चपाउँदै गरेको लजालु र हर्षित दुर्लभ प्राणीको स्वभाव एवम महत्वलाई कलाका माध्यमबाट प्रश्तुत गर्ने प्रयास गरेका छौं,’उनले भने ।

रंगमचका कलाकारहरुको लामो मेहेनत, अध्ययन अनुसन्धान र कलामार्फत आम समुदायलाई सन्देश दिने साझा प्रयास गरेको संरक्षण दूत समेत रहेका कलाकार राईले जनाए ।

रेडपाण्डा नेटकर्वका संरक्षण कार्यक्रम अधिकृत सोनाम टाँसी लामाले विश्व चर्चित कलाकार ज्याकी च्यानले गैंडाको सन्दर्भमा निर्माण गरेको सन्देशमुलक भिडियोलाई उदाहरण दिंदै हाल निर्माण भएको भिडियोले नेपाली समूदायमा सकरात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

नेपालका करिब २४ जिल्लाका उच्च पहाडी क्षेत्रमा पाइने रेडपाण्डा संरक्षणका लागि आफूहरुले सन् २००७ देखि १३ जिल्लामा समूदायस्तरमा काम गरिरहेको लामाले जानकारी दिए ।

अनुप न्यौपानेको लेखन र हरि हुमागाइँको छायांकनमा तयार भएको भिडयोमा आधा दर्जन कलाकारले भूमिका निर्वाह गरेका छन् ।

भिडियोमा दयाहाङ राई लिड रोल गरेका छन् । भिडियोले समुदायस्तर र वालवालिकाहरुमा रेड पाण्डाको संरक्षका लागि सन्देश प्रवाह गर्ने साथै वातावरण संरक्षणका लागि आफू जिम्मेवार हुन प्रेरित गर्ने विश्वास लिइएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको