२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

राजदूत भोल्कबाट सीपमेलाको स्थलगत अवलोकन

८ जेठ , काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले काठमाडौँ महानगरपालिकाको आयोजनामा टुँडिखेलमा जारी ‘सीप मेला, २०८१’को आज स्थलगत अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा राजदूत भोल्कले तालिमको पाठ्यक्रम, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राखेका थिए।

राजदूत भोल्कलाई महानगरका उपप्रमुख सुनिता डङ्गोलले सीप मेला सबैलाई समान अवसर प्रदान गर्ने तथा व्यावसायिक पेसाको क्षमता विकासको कार्यक्रम भएको बताएका थिए। तालिम लिएकालाई रोजगारी दिन वा स्वरोजगार बनाउनका लागि अन्तिम दुई दिन रोजगार मेलाको आयोजना गर्ने उनको भनाइ थियो ।

उपप्रमुख डङ्गोलले भने, “तालिममा सञ्चालन गरिएको प्रयोगात्मक कक्षामा सहभागीले फलामको घर निर्माण गरिसकेको छ, इँटा प्रयोग गरी भवनको जग निर्माण गरिसकेका छन् , टायल र मार्बल प्रयोग गरी संरचना निर्माण गर्नुभएको छ, यो तालिमको प्रभाव हो ।”

कामपाको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बेरोजगारलाई श्रम बजार र रोजगारीसँग जोड्नु नै मेलाको उद्देश्य भएको बताए । “तालिम लिनका लागि स्थानीय, फोहर प्रभावित क्षेत्रका व्यक्ति र महिलालाई प्रोत्साहित गरेका छौँ”,उनले भने।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घसँगको सहकार्यमा गत वैशाख १९ गतेदेखि सुरु ‘सीप मेला २०८१’कामपाको गौरव योजनाअन्तर्गत रहेको छ । ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृद्धि’नाराका साथ सुरु मेलामा १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य लिइएको छ । मेलामा १८ देखि ५८ वर्ष उमेर समूहका व्यक्ति सहभागी छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि