१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

पर्सामा श्रृंखलाबद्ध हत्या र डकैतीमा संलग्न अभियुक्त २५ वर्षपछि पक्राउ

७ जेठ, काठमाडौं । दुई जनाको हत्या आरोपमा वीरगञ्ज प्रहरीले २५ वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-५ का ७२ वर्षीय प्रेम गिरी रहेका छन् । विशेष सूचनाको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार विक्रा थापाले जानकारी दिए ।

उनका अनुसार गिरी ०६५ सालमा पर्सा प्रशासन कार्यालयमा कार्यरत हुँदा ५२ वर्षीय मोहन मैनालीलाई गोली हानी हत्या गरेको, ०५७ सालमा देवेन्द्र प्रसादको घरमा डकेती गरेको, ०६६ सालमा प्रशासन कार्यालयको फैसला अनुसार हातहतियार खरखजाना मुनामा फरार रहेको, ०६० सालमा पुनरावेदन अदात हेटौंको फैसला अनुसार हातहतियार तथा खरखजानाको मुद्दामा फरार रहेको र ०५६ सालमा सार्वजनिक अपराध मुद्दामा संलग्न रही फरार रहेको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि