२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

३० वैशाख, काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको बताए । सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए ।

हत्याको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ ।

धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि