२८ माघ २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

आइपीएलमा पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित

२८ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको छ । बिहीबार राति पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुले ६० रनको जित दर्ता गरेको हो ।

घरेलु टोली पञ्जाबका कप्तान साम कुरानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि आरसीबीका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै पञ्जाबलाई २४२ रनको कठिन लक्ष्य दिएका थिए ।

यस लक्ष्यको जवाफमा पञ्जाबका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे पनि १७ ओभरमा १८१ रनमा पूरै टिम ढलेको थियो र यो हारसँगै पञ्जाब टोली आइपीएलको प्लेअफ होडबाट पुरै बाहिर भएको छ ।

आरसीबीका ओपनर फाफ डु प्लेसिस र विराट कोहली पहिले ब्याटिङ गर्न आएका थिए । दुवैले सुरुमा तीव्र गतिमा शट खेल्न थाले तर आइपिएलमा डेब्यू गर्दै आएका वेदावथ कावरप्पाले पहिले फाफ डु प्लेसिस (९ रन) र त्यसपछि विल ज्याक (१२ रन) लाई पहिले प्याभिलियन पठाए । तेस्रो विकेटका लागि रजत पाटीदारले विराट कोहलीलाई साथ दिए ।

दुवै ब्याट्सम्यानले विस्फोटक शट खेल्न थाले । रजत पाटीदार २३ बलमा ५५ रनको तीब्र इनिङ खेलेर आउट भए । यस इनिङ्समा उनले ३ चौका र ६ छक्का प्रहार गरेका थिए ।

पाटीदारको विकेटपछि वर्षाले खेल अवरुद्ध गरे पनि केही समयपछि सुरु भएको खेलमा विराट कोहलीले आफ्नो उत्कृष्ट इनिङलाई अगाडि बढाउँदै क्यामरुन ग्रीनसँग ९२ रनको महत्वपूर्ण साझेदारी गरे । विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित ९२ रनको इनिङ खेले ।

अन्त्यमा दिनेश कार्तिकले ७ बलमा १८ रनको छोटो तर दमदार इनिङ खेले भने क्यामरुन ग्रीनले २७ बलमा ४६ रन बनाएर नटआउट रहे । पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए ।

२४२ रनको लक्ष्य पछ्याउन आएको पञ्जाबलाई प्रारम्भिक झटका प्रभासिमरनको विकेटको रुपमा लाग्यो । तर दोस्रो विकेटका लागि जोनी बेयरस्टो र रिले रुसोले ७१ रनको तुफानी साझेदारी गरे ।

बेयरस्टोले २७ रन बनाए भने अर्को छेउमा रुसोले २७ बलमा ६१ रनको विस्फोटक इनिङ खेले । शशांक सिंहले पनि ३७ रनको महत्वपूर्ण योगदान दिए ।
पञ्जाबका लागि मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । जितेश शर्मा ५, लियाम लिभिङस्टोन ०, आशुतोष शर्मा ८ र कप्तान करणले २२ रन बनाएपछि फ्लप भए । आरसीबीका लागि मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिए भने स्वप्निल सिंह, लोकी फर्गुसन र कर्ण शर्माले २–२ विकेट लिए ।

जितसँगै आरसीबीले प्रतियोगिताको प्लेअफ होडमा आफूलाई कायमै राखेको छ । फाफ डु प्लेसिस र कम्पनीलाई प्रतियोगितामा १४ अंकसहित प्लेअफको ढोका खोल्नका लागि अर्को दुई खेल जित्न आवश्यक छ । आइपीएलमा आज राति गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स आमने सामने हुने छन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected