२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

पत्रकार सहदेव चौधरीमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न माग

२० वैशाख, काठमाडौं । समाचार संकलनका क्रममा पत्रकार सहदेव चौधरीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधि दिवशको अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको पत्रकार चौधरीले बताएका छन् ।

‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बीर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्वीर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको उनले बताएका छन् ।

नेपाल प्रेस युनियनले विज्ञप्ति जारी गरेर उक्त घटनाको विरोध जनाएको छ । सरकारी सञ्चार माध्यमबाहेक निजी सञ्चार संस्थाका पत्रकारलाई तस्वीर लिन अवरोध गर्ने, पत्रकारलाई दुर्व्यवहार गर्ने र थुन्ने धम्की दिने कार्य निन्दनीय भएको युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । युनियनले उक्त घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ ।

यस्तै प्रविधि पत्रकार मञ्चले पनि पत्रकार चौधरीमाथि भएको दुर्व्यवहारको भत्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

मञ्चका सचिव उन्नत सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलनको शिलशिलामा पत्रकार चौधरीमाथि भएको दुर्व्यवहारको हामी जोडदार रुपमा विरवध गर्दछौं।’

यस्तै श्रमजीवी पत्रकार संघ नेपालले पत्रकारमाथि दुर्व्यवहार गर्ने दोषी सुरक्षाकर्मीमाथि कडा कारबाही गर्न माग गरेको छ भने निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण सृजना गर्न सरकार, राज्‍यका निकाय सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि