६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

कुशल लगातार दोस्रो खेलमा शून्यमा आउट

८ वैशाख, काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँगमा पनि शून्यमा आउट भएका छन् ।

तीव्र गतिका बलर आयुश शुक्लाको बलमा एज लागेर कुशल जिशान अलीबाट क्याच आउट भएका हुन् । कुशल पहिलो सेमिफाइनल खेलमा शुक्रबार युएईसँग पनि शून्यमै आउट भएका थिए ।

उक्त खेलमा जुनैद सिद्दिकको इनिङको पहिलो बलमै विकेटकिपरबाट क्याच आउट भएका थिए । दुबै खेलमा कुशल गुड लेन्थको रोक्न खोज्दा एज लागेर आउट भएका हुन् ।

अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १ ओभरमा १ विकेट गुमाउँदै १ रन बनाएको छ । नेपालका आसिफ शेख शून्य र सोमपाल कामी १ रनमा क्रिजमा छन् ।

नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए । फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् ।

अव तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected