६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

नेपालले आज हङकङसँग खेल्दै

३ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आज हङकङसँग खेल्दैछ । खेल मध्याहन्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।
आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अल आउट भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनै पर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एकदिनको विश्रामपछि खेल्दैछ । त्यसैले नेपाललाई केहि फाइदा हुनसक्छ ।
यता कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । नेपालले विवेक यादवको स्थानमा करण केसीलाई टोलीमा फर्काउने देखिन्छ । दोस्रो खेलमा नेपालले करणलाई विश्राम दिएको थियो । अन्य परिवर्तनको सम्भावना देखिदैन ।
नेपालले दिएको २११ रनको लक्ष्य पछ्याउनेक्रममा कतार १७८ रन बनाएको थियो । प्रमुख बलर करण, सोमपाल र अभिनाशले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । शीर्षक्रमका ब्याटर आसिफ शेख, कुशल भुर्तेल र रोहित पौडेलले राम्रो स्ट्राइकरेटमा रन बनाउनु पर्ने हुन्छ ।
यता हङकङका कप्तान निजाकत खान, बाबर हायत, मार्टिक कोट्जी र अंशुमन रथ प्रमुख ब्याटर हुन् । शीर्ष चार ब्याटरमा बढी निर्भर हुँदा समयमै विकेट लिन आवश्यक देखिन्छ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा नेपाललाई हराउन बाबर हायतले ४९ बलमा ३ चौका र १३ छक्कासहित ११० रनको शतकीय इनिङ खेलेका थिए । नेपालको फ्रेन्चाइज लिग खेल्दै खेलाडीबारे जानकार हायत घातक बन्न सक्ने खेलाडी हुन् ।

नेपाल र हङकङबीच ९ टी२० आई खेल भएका छन् । दुबै टोली समान ४ खेलमा विजयी हुँदा एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्ला पाँच भेटमा नेपाल २ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो ।

१० टोली सहभागी प्रिमियर कपको विजेताले एसिया कप टी२० प्रतियोगिता खेल्न पाउनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । साउदी २ खेलमा समान १ मा जित र हारसहित दोस्रो स्थानमा छ । मलेसिया र हङकङको समान खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक भएपनि नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा छन् । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ ।
समूह बी मा ओमान र युएईको सुरुवाती २ खेलमा ४–४ अंक छ । नेटरनरेटको कारण ओमान शीर्ष र युएई दोस्रो स्थानमा छन् । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो, बहराइन र कम्बोडिया समान २ खेलमा अंक विहीन हुँदै चौथो पुछारमा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected