१९ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

शिरमा पानी दिँदै ‘जुर शीतल पर्व’ मनाउँदै थारू समुदाय

१ वैशाख,काठमाडौं। थारु समुदाय आज शिरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’ पर्व मनाउँदैछन्। तराईमा गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले उनीहरु पानीले शीतलता प्रदान गरोस् भन्दै जुर शीतल मनाउन लागेको हो।

जुरको अर्थ भाग्य र चिसो पनि। यसकारण यसलाई शीतलता प्रदान गर्ने भाग्यको पर्वको रुपमा पनि लिइन्छ।खेती नै प्रमुख आय-आर्जनको श्रोत भएको थारु समुदायमा पानीको महत्व हुने नै भएकोले यो पर्वमा बढी भन्दा बढी पानीको प्रोयोग हुन्छ।यो पर्व सँगसँगै नयाँ बर्ष पनि पर्ने भएकोले नेपालमा यसको महत्व झन बढ्न गएको छ।

यसका साथै तराईमा बसोवास गर्ने आदिवासी थारु समुदाय लगायत राजबंशी, गनगाई, ताजपुरीया, धिमालको साथ साथै अन्य समुदायले पनि धुमधामसंग मनाउने गरेको छ। यो पर्वमा खुशी, उद्गार तथा हर्षोल्लासका साथ धुमधामले मनाउने गरिन्छ।

थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ सरुवा पसारे’ अर्थात फागुनको फगुवाले पर्वको समापन गर्छ भने वैशाखको सिरुवाले कुनै पनि वर्षको सुरुको पर्वलाई भव्‍य रुप स्वागत गर्ने थारु संस्कृति विद भुलाई चौधरी बताउँछन्।

उनी भन्छन्, ‘ थारु समुदाय नेपालको तराइको क्षेत्रको मूल बासी हो। प्रकृतिलाई पुज्‍ने भएकाले पानी उसकव लागि विशेष महत्व राख्छ। संसारमा सबैभन्दा धेरै भू-भाग पानीकै छ। पानी बिना जीवन अधुरो छ। पानीलाई शीतलता मानेर थारुको पूर्खाहरुले शीरमा चढाउने परम्परा भएकाले जुर-शीलत मनाउन थालिएको हो।यो हाम्रो मौलिक पर्व हो।’

उनका अनुसार यो पर्वमा थारु समुदायका मानिसहरु दश दिन अगावैदेखि आफ्नो घरआँगन लिपपोत गरी सफा राख्छन्। त्‍यो बेला सबैको घर आगनमा एउटा पनि फोहोरको थुप्रो देखिँदैन।लाग्छ, एउटा सुन्दर स्वर्गको आगनीमा आइपुगे जस्तो। बालबालिकादेखि बुढापाकाले यही समय र पललाई पर्खेर बसिरहेका हुन्छन्।

यसका साथै उनीहरु आधार राति देखि नै विभिन्‍न प्रकारको परिकार तयार पारेका हुन्छन्। गाउँको प्रत्‍येक घर-घरमा पुरी-तरकारी, बरी-कचौरी, लगायतका थुप्रै परिकारहरु पाक्‍न थालिसकेको हुन्छ।त्‍यकारण गाउँघर बास्नाले मगमगाइरहेका हुन्छन्।

शिरुवा पर्वलाई विभिन्‍न संस्कृति अनुसार विभिन्‍न अर्थको रुपमा लिने गरिन्छ। जस्तो की वैशाख हुनुको कारण थारु भाषामा ‘वैशाखी’ अर्थात चैतमा पकाएको वैशाखमा खाने चलन (चैत ३० गते पकाएको खाने कुरा वैशाख १ गते खाने प्रचलन)।यसलाई वाइस अर्थात ‘बासी पर्व’ पनि भनिन्छ।

गाउँमा यस्तो परिकार अरु बेला कुनै पनि बेला हुँदैन। बिहान सुतिरेका बालबालिकालाई उठाएर आमाबुवा, ठूलाबडाले उसको शीरमा पानी छर्किएर शुभ आशीश र उज्‍जवल भविष्‍यको कामना गर्ने गर्दछन्।

कसैले आफ्‍ना साथीहरुसँग गोबरमाटो खेल्‍ने गर्छन भने कोही खुसियालीमा रंगअबीर रमाइलो मानी खेल्‍ने गर्छन्। यसपछि नुहाएर अम्खोरामा शुद्ध जल लिएर पहिला आफ्‍नो गृह देवता, ग्राम देवता तथा अन्‍य देव-देवी स्थलमा जल चढाउने गरिन्छ। त्‍यसपछि आफूभन्दा सानोलाई त्‍यही शुद्ध जल शीरमा छर्किएर आशिर्वाद दिने गर्छन भने आफूभन्दा सानाले ठूलाको गोडामा शुद्ध जल चढाउने गर्दछन्।

यो एउटा सहिष्णुता/ माया प्रेमको प्रतीक मानिन्छ। कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशिर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि