२७ फाल्गुन २०८२, बुधबार
समाचार समाज

सिन्धुपाल्चोकमा एनसेलको टावरमा कुकर बम बिष्फोट

२९ चैत, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकामा-४ रहेको एनसेल टावरमा बम बिष्फोट गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गए राति १ बजे कमलामाई नगरपालिका-४ रहेको एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए ।

डीएसपी दाहालका अनुसार बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा क्षति पुगेको छ । उक्त बिष्फोटपछि ‘वैकल्पिक उपायबाट मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।

यस्तै बम विस्फोटपछि घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि