१४ कार्तिक २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कृष्णबहादुर महारालाई काठमाडौं ल्याइयो

५ चैत, काठमाडौं । माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई प्रहरीले भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनलाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको थियो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि