१५ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पैसा नहुँदा घर फर्किन पनि पाएनन् मिटरब्याज पीडित

२९ फागुन, काठमाडौं । २३ दिन हिँडेर आई काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितमध्ये कम्तीमा दुई सय जनालाई घर फर्किनसमेत समस्या भएको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, प्रदर्शनरत ७ सय जना पीडितमध्ये आधाभन्दा बढी मंगलबारसम्ममा फर्किसकेका छन् । तर, कम्तीमा दुई सय जनालाई घर फर्किन भाडा तिर्ने पैसा समेत नभएपछि भृकुटीमण्डपमै रहेको संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए ।

सरकारले सोमबार राति सिंहदरबारमा मिटरब्याज पीडितसँग चार बुँदे सहमति गरेको थियो । सहमति अनुसार, नयाँ जाँचबुझ आयोग बन्नेछ, त्यसले अवैध रुपमा तयार गरिएका तमसुकहरु खारेज गर्न सिफारिस समेत गर्ने उल्लेख गरिएको छ ।

तर, सहमति भइसकेपछि पनि दुई सय जना अझै भृकुटीमण्डपमै छन् । ‘साँझसम्ममा व्यवस्थापन हुन्छ होला, अहिलेलाई पैसा म्यानेज भएकाहरु जति फर्किनुभयो’, निर्गले अनलाइनखबरसँग भने, ‘अरुलाई व्यवस्थापन गर्न प्रयास गरिरहेका छौं ।’

केही दिनअघि जिल्ला र नगरस्तरबाट आएका अगुवाहरु घर फर्किएका थिए । उनीहरुले धान बेचेर ल्याएको पैसाले कतिपय गाउँ फर्किएको अभियन्ताहरु बताउँछन् ।

पूर्वी तराई घर भएकाहरु अधिकांश फर्किइसकेका छन् । तर, पश्चिमतिर भाडा पनि बढी पर्ने भएकाले फर्किन समस्या भएको नवीनले बताए । उनका अनुसार, अभियन्ताहरुले अहिले बाँकी रहेकाहरुको विवरण संकलन गरिरहेका छन् ।

आफूहरुको समस्या समाधान नभएको भन्दै १६ माघमा पूर्वमा काँकडभिट्टाबाट अवधेश कुशवाह र पश्चिममा निर्ग नवीनको नेतृत्वमा मिटरब्याज पीडितहरु पैदल हिँडेर काठमाडौं आएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि