८ पुष २०८२, मंगलवार
मुख्‍य समाचार सूचना प्रविधि

अब आइफोनबाट एन्ड्रोइडमा डेटा सार्न सजिलो हुने

२७ फागुन, काठमाडौं । एप्पलले आइफोन प्रयोगकर्तालाई एन्ड्रोइडमा स्विच गर्न सजिलो बनाउने गरी तयारी थालेको छ । आईओएस र अन्य अपरेटिङ सिस्टमबीच डेटा ट्रान्सफरको प्रक्रिया सहज बनाउने काममा एप्पल अघि बढेको हो ।

युरोपियन युनियनको डिजिटल मार्केट्स ऐन (डीएमए) पालना गर्ने सन्दर्भमा एप्पलले यो काम गरिरहेको छ । हाल कम्पनीले आइफोनबाट अन्य अपरेटिङ सिस्टमका डिभाइस (विशेषगरी एन्ड्रोइडमा) डेटा ट्रान्सफर गर्न प्रयोगकर्तामैत्री तरिका बनाउन सक्रिय रूपमा काम गरिरहेको बताइएको छ ।

यसअन्तर्गत आइफोनबाट एन्ड्रोइडमा डेटा सार्ने सजिलो फिचर सन् २०२५ भित्र सार्वजनिक गर्ने कम्पनीकाे याेजनाको छ । तर डेटा कसरी ट्रान्सफर गरिन्छ भन्नेबारे जानकारी दिइएको छैन ।

यसका साथै एप्पलले एन्ड्रोइडका लागि आफ्नै स्विचिङ एप निर्माण नगरेर गुगलजस्ता कम्पनीलाई डेटा ट्रान्सफरका लागि आफ्नै एप बनाउन उपकरण दिइरहेको समेत बताइन्छ ।

हाल एन्ड्रोइडबाट आईओएसमा डेटा माइग्रेसन गर्न एप्पलले एन्ड्रोइडमा ‘मुभ टु आइफोन’ एप सञ्चालन गरिरहेको छ । त्यस्तै आइफोनबाट एन्ड्रोइड डिभाइसमा डेटा माइग्रेसन गर्न गुगलले ‘स्विच टु एन्ड्रोइड’ नामक आईओएस एप चलाइरहेको छ ।

तर यी दुवै एपमा मेसेज, वालपेपर, च्याट हिस्ट्री लगायतका डेटा सार्ने जस्ता कामका लागि आ-आफ्ना सीमितता रहेका छन् । ​एप्पलको नयाँ समाधानले यी समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक