१३ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विश्वभर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम ‘डाउन’, लाखौ प्रयोगकर्ता पहुँच बाहिर

२२ फागुन, काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ ।

फेसबुक र इन्स्टाग्रामका लाखौं प्रयोगकर्ताहरू सामाजिक सञ्जालको पहुँच बाहिर पुगेका छन् ।

समस्या देखिएपछि विश्वभरका फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

फेसबुकसँगै मेटाको अर्को सामाजिक सामाजिक सञ्जाल इन्स्टाग्राम भने पूर्णरूपमा काम गर्न छाडेको छ ।

यस्तै मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि