१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको जवाफ : राजीनामा दिएर सडकमा जानुस्

११ फागुन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् । संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जान उनको आग्रह छ ।

बालकुमारी घटनालाई प्रधानमन्त्रीले हत्या भनेको र हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई किन कारबाही नगरेको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बिहीबारको बैठकमा प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ नआएसम्म सदन चल्न नदिने भनी उनै शाहीले शुक्रबारको बैठकमा भने ।

त्यसपछि माओवादी सांसद सापकोटाले प्रतिवाद गर्दै संसद चल्न नदिने भए राजीनामा गरेर सडकमा जान भनेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्