१ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

गोरखाको स्तुल खोलामा बेलीब्रिज

२१ कात्तिक, गोरखा । गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट-आरुपोखरी-ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो ।

एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काका अनुसार उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिका-८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खामा सवारीसाधान गुडाउन कठिनाइ हुने गरेको थियो । बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणको काम एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई सहज भएको छ ।

पुल नबन्दा हिउँदमा जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा सञ्चालन गर्न नसकिने अवस्था थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट-७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई सहज भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि