१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय

सरकारले भन्यो : इजरायलमा केही नेपाली हताहत भएको हुनसक्छ

२१ असोज, काठमाडौं । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए ।

कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

नेपाली दूतावासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ । मन्त्री साउदका अनुसार १७ जना नेपालीमध्ये दुई सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ ।

उनले अघि भने, ‘बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

इजरायलमा भएको यो घटनालाई सरकारले गम्भीरताका साथ लिएको परराष्ट्रमन्त्री साउदले बताए । उनका अनुसार आइतबार बिहान प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र बनाएको छ, नेपालीहरूको अवस्था पहिचान, उद्दारसम्बन्धी निर्णय लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण