८ पुष २०८२, मंगलवार
सूचना प्रविधि

एआईका लागि आणविक उर्जा प्रयोग गर्दै माइक्रोसफ्ट

११ असोज, काठमाडौं । अमेरिकी आइटी सफ्टवेयर कम्पनी माइक्रोसफ्टले आफ्नो आर्टिफिसियल इन्टेलिजन्स तथा डेटा सेन्टरका लागि आवश्यक पर्ने उर्जा आपूर्तिका लागि नयाँ पुस्ताको आणविक भट्टीको प्रयोग गर्ने भएको छ ।

माइक्रोसफ्टले सुचीकृत गरेका नयाँ रोजगारीहरुको विवरणले त्यस्तो संकेत गरेको हो । नयाँ रोजगारीको विवरण अन्तर्गत एकजना यस्ता उम्मेदवार पनि भर्ना गरिँदैछ जसले कम्पनीको आणविक उर्जा रणनीतिको नेतृत्व सम्हाल्नेछन् । उक्त पदमा नियुक्त व्यक्तिले आणविक विषयका सबै पहलुहरुमा काम गर्नुपर्नेछ जसमा आणविक उर्जा संरचना पनि पर्नेछ ।

माइक्रोसफ्टले विशेष रुपमा यस्तो जनशक्तिको खोजी गरिरहेको छ जसले सानो आकारको मोडुुलर रिएक्टरको योजना सुरुवात गर्न सक्दछ । रिपोर्ट अनुसार सानो आकारका मोड्युलर रिएक्टर तयार गरेर सञ्चालन गर्नु सस्तो पर्दछ ।

जलवायु परिवर्तन नियन्त्रणका लागि माइक्रोसफ्टले चाल्न लागेका विभिन्न कदमहरु मध्ये यो पनि एक हो । यसका लागि कम्पनीले स्वच्छ उर्जाका श्रोतहरुको खोजी गरिरहेको छ ।

स्मरण रहोस् माइक्रोसफ्टका सेन्टरले ठूलो परिमाणमा विद्युत उर्जा खपत गर्दछन् । यसले कम्पनीको जलवायु लक्ष्य हासिल गर्ने मार्गमा रोकावट पैदा गर्न सक्ने ठहर गर्दै आणविक उर्जाको प्रयोग गर्ने योजना उसले बनाएको हो ।

एआईले खाइरहेको छ मनग्य बिजुली

आर्टिफिसियल इन्टेलिजेन्स माइक्रोसफ्ट कम्पनीको महत्वकांक्षी परियोजना मात्र होइन विश्वभरकै चर्चाको विषय पनि हो । यो परियोजनामा निकै धेरै मात्रामा बिजुली आवश्यक पर्दछ, जसका लागि कम्पनीले नेक्स्ट जेनेरेसन आणविक रिएक्टरबाट बिजुली लिने योजना बनाइरहेको छ ।

के पूर्ण रुपमा प्रकृतिमैत्री हुन्छ आणविक उर्जा ?

परमाणु उर्जाले हरितगृह ग्यास उत्सर्जन गर्दैन । तथापि विकिरणयुक्त फोहोर व्यवस्थापन गर्ने तथा युरेनियमको आपूर्ति श्रृंखला तयार गर्ने कुरा आउँदा त्यसले एक नयाँ समस्या पैदा गर्दछ ।

यद्यपि जलवायु परिवर्तन नियन्त्रणमा परमाणु उर्जाको भूमिकाका विषयमा अझैपनि बहस जारी छ । माइक्रोसफ्टका संस्थापक बिल गेट्स लामो समयदेखि यो प्रविधिका ठूला प्रशंसकको रुपमा रहँदै आएका छन् । एजेन्सीको सहयोगमा

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक