८ पुष २०८२, मंगलवार
मुख्‍य समाचार समाज सूचना प्रविधि

प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा उमेश पौडेल निर्वाचित

२९ भदौ, काठमाडौं । प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न भएको १०औ वार्षिक साधारणसभाबाट पौडेल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

मञ्‍चको उपाध्‍यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् भने सचिवमा उन्नत सापकोटा निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा अनिल न्‍यौपाने र सह-सचिवमा रक्षा रेग्मी निर्विरवध निर्वाचित भएका छन् ।

संस्थाको सदस्यमा अभिशेक गुप्ता, कमल केसी, गणेश सुवेदी, प्रकाश चन्द्र जोशी, सजना बराल र हिक्मत आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नवनिर्वाचित अध्‍यक्ष उमेश पौडेलले संस्थाको हित र प्रविधिको पक्षमा सदैव डटेर लाग्‍ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ संस्थाको गरिमालाई डग्मगाउन दिने छैन । प्रविधिको पक्षमा हामी डटेर लाग्‍ने छौं।’

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने