प्रविधि पछ्याउँदै ग्रामिण महिला, उद्यममा पहिलो पाइला
५ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले स्मार्ट फोन बोक्छन् । यसले सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गएको देखाउँछ ।
मोबाइल पाएपछि प्राय जसो फेसबुक र टिकटक बनाउने आजभोलि शहर बजारमा होइन गाउँघरमा पनि चलन नै आइसकेको छ । फुर्सद भयो की सामाजिक सञ्जालमा व्यस्त भइरहने महिलाको भीड बाहिर केही ग्रामीण महिलाहरू भने मोबाइलकै प्रयोग गरेर प्रविधिमार्फत उद्यमशीलतालाई पछ्याइ रहेका छन् । उनीहरू मोबाइल प्रयोग गरेरै आत्मनिर्भर हुन थालेका छन् ।
चितवनको कालिका नगरपालिका-४ की ३४ वर्षीया सुनिता बोट मोबाइलबाटै तरकारीको भाउ बुझ्छिन्। मोबाइलबाटै कुन तरकारी कहिले लगाउने मल, खाद र सिचाइँ कसरी गर्ने भन्ने जाकारी पनि मोबाइलबाटै लिन्छिन् । उनलाई यतिसम्म की तरकारीमा लगाउने समय, बाली र मौसमलगायतका जानकारी सबै स्मार्टफोनबाटै उपलब्ध हुन्छ।
यति मात्रै आज कुन तरकारीको भाउ बजारमा कति रुपैयाँ किलो बिक्री भइरहेको छ भन्ने जानकारी पनि घरै बसेर थाहा पाउँछिन् । उनलाई यी सबै जानकारी र सूचना जियो कृषि नामक एप्सले उपलब्ध गराइरहेको छ ।
उनी भन्छिन्, ‘सुरूमा मलाई केही थाहा थिएन। पछि मैले जियो कृषि एप्सबारे थाहा पाए । अहिले जियो कृषि एप्स मोबाइलमै आउँछ। त्यहाँ तरकारीको बारेमा सम्पूर्ण कुराहरू एकै ठाउँमा थाहा हुन्छ। कुन तरकारी कुन समयमा, कति मल-खाद र कहिले टिप्नेसम्मको विवरण दिन्छ। यसले कुन तरकारीको मूल्य कति छ भनेर मोबाइलमै प्रत्येक दिनको विवरण दिन्छ ।
उनी पेशाले कृषि उद्यमी हुन् । उनले पहिला गाउँघरमै ग्राहकले भनेकी भाउमा तरकारी बेच्थिइन् । तर जब उनले जियोकृषि थाहा पाइन्। उनको जीवन शैली नै परिवर्तन भयो। उनले जियोकृषिबाटै अरूलाई पनि सिकाउन थालिन् ।
उनी भन्छिन्, ‘पहिला पहिला त मोबाइल किन चाहियो भनेर बोक्दिन थे। तर, जब जियो कृषिमा तरकारीलगायतका पशुपालनबारे जानरी पाइन्छ र फाइदा हुन्छ भन्ने थाहा पाएपछि श्रीमान्को मोबाइल मागेर सिके।त्यसपछि अरू छिमेकीहरूलाई पनि सिकाइ दिन थाले। किनकी कसैको बाख्रा विरामी हुन्थ्यो भने कसैको गाइ/भैसी। अस्पताल जाँदा समय धेरै खर्च हुन्थ्यो । तर यसले समय र पैसा दुवै बचत भयो यही मोबाइल फोनका कारण। ‘
कोरोना महामारीको समयमा उनले मोबाइलबाटै घरमै बसीबसी सूचना र जानकारी पाएकै कारण उनी हाल केरा खेती पनि गर्न थालेको बताउँछिन् । उनी भन्छिन्, ‘ कोरोनाको समय त निक्कै अप्ठेरो थियो। घरबाहिर जानै नपाउने स्थिति थियो। मैले पनि यही मौकालाई मोबाइलबाटै हेरेर केरा खेती थालनी गरेकी हुँ । अहिले केरा खेतीले मनग्यै आम्दानी दिएको छ ।’
उनले तरकारी र केरा खेती गरेर वार्षिक ५ लाँख रुपैयाँ बचत हुने गरेको बताउँछिन् । उनी भन्छन्, ‘ तरकारी खेती राम्रो भएको छ । विचौलियाले ठग्न पाउको छैन । किनकी मूल्यसूची मूबाइलमै हुन्छ देशभरको । साथै अहिले केरा खेती पनि सप्रिएको छ। यी दुवैबाट वार्षिक ४ लाख बचत गरेकी छु।’
यस्तै बर्दिया गुलरिया-५की ३५ वर्षीया उर्मिला नेपालीलाई पनि मोबाइल फोनबाटै हेरेर गाइपालन गर्दा सहज भएको छ । उनले अहिले पाँच वटा गाई थपेकी छिन् । उनलाई गाईको घाँस, खानेकुरा, भिटामीन र रोगहरू लाग्दा कसरी उपचार गर्ने र कहाँ लैजाने भन्नेबारे सबै जानकारी छ।
उनी भन्छिन्, ‘मैले पहिला गाई पालन गर्दा रोग लागेर हैरान भएकी थिएँ। समयमै गाईको औषधिउपचार नपाउँदा गाईले कम दूध दिन थालेको थियो। पछि जियो कृषि मोबाइल एपको बारेमा थाहा पाउँदा मलाई गाइको उपचार गर्न सजिलो भयो। गाईको उपचार गरे । गाईले अहिले बढीभन्दा बढी दूध दिन थालेको छ। मैले गाई पनि थपेकी छु।’
उनले जियो कृषिको उपयोगीता आफ्ना अरू गाउँलेहरूलाई पनि बताउन थालेकी छिन् । उनी भन्छिन्, ‘यसबारेमा हामी ईचौतारीमा गाईलाई कुनै रोग लागेमा कुराकानी मोबाइलमै गर्छौं। फोटो खिचेर पठाउँछौं। र त्यहाँ ई-चौतारीमा छलफल हुन्छ र पशु डाक्टरले समाधान दिनुहुन्छ।’
हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले ग्रामिण महिलाको पहुँचमा डिजिटल प्रविधि पुर्याएर महिला उद्यमीलाई थप सशक्त गर्ने बताउँछन् ।
उनी भन्छन्, ‘हामीले ग्रामिण महिलाहरूलाई लीत गरेर यूएसआइडीको सहयोगमा यो डिजिटल प्रविधिको पहुँच र महिला उद्यमशीताको विका गर्न खोजेका हौ। यसले गाउँघरका महिला किसानलाई आत्मनिर्भर मात्र नभइ सीप र ज्ञानसमेत प्रविधिको माध्यमबाट दिनेछ।’
यस्तै लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका एकेडेमिक सहाय निर्देशक तथा पर्यटन तथा शिक्षा विद् डा. स्मृतिकला पन्तीले र तारा पन्थीले ग्रामिण मिहला तथा साना किसानलाई उद्यमतर्फ कसरी लाग्ने भन्नेबारेमा आफ्नो रिसर्च प्रस्तुती दिएका थिए, जसमा ९६ प्रतिशत ग्रामिण महिलाहरूसँग स्मार्टफोन बोक्ने गरेको देखाइएको छ ।
साथै ती मध्ये ७५ प्रतिशत महिलाहरूले स्मार्टफोनमा इन्टरनेट चलाउने गरेको र ७० प्रतिशत महिलाहरू प्रत्येक दिन १ देखि २ घण्टा नियमित स्मार्टफोन प्रयोग गर्ने गरेको देखाइएको छ । उक्त रिसर्च अनुसार ३६ प्रतिशत महिलाहरू स्मार्टफोनको प्रभावमा परिसकेको उल्लेख छ भने ३९ प्रतिशतले स्मार्टफोनबाट कारोबार गर्ने गरेको तथ्यांक देखाइएको छ ।
यतिमात्रै नभएर व्यापारको लागि डिजिटल प्रविधिको प्रयोग अन्तर्गत ४४ प्रतिशत महिलाहरूले उद्यमशीलताबारेको जानकारी/ सूचना लिन स्मार्टफोनको प्रयोग गर्ने गरेको देखिएको छ भने २७ प्रतिशत महिला किसानहरू कसरी उद्यमशीलताको पहुँचमा पुग्ने भन्नेबारेमा सोध्ने गरेको पाइएको छ ।
यस्तै ५५ प्रतिशत महिला तथा साना किसानले जियोकृषि एप्सको बारेमा थाहा पाएर उद्यम गर्न थालेको उक्त रिसर्च रिपोर्टले देखाएको स्मृतिकला पन्थी र तारा पन्थीको दाबी छ ।
उनीहरू भन्छन्, ‘ यसले के देखाउँछ भने ग्रामिणमा महिलाहरू प्रविधिमा विस्तारै पोख्त हुँदैहुनुहुन्छ। उहाँहरू प्रविधिको पहुँचमा आफ्नो पाइला सारिरहनु भएको छ।यसबाट सीप विकास, आफ्नो विजनेस गर्न सक्ने क्षमता र निर्णय तथा आर्थिक रुपमा आत्मनिर्भर भई अरूलाई पनि सहयोग गरिरहनु भएको छ।’
यसका साथै थप प्रविधिको दक्षता र साक्षरता बढाउनका लागि किसानहरूलाई प्रभावकारी रुपमा जनचेतना बढाउनु पर्ने, नीति निरर्माता र कार्यान्वयनकर्ताहरूसँग समन्वय गर्नु पर्नेमा उनीहरूको जोड छ।
डा. स्मृतिकला पन्त भन्छिन्, ‘ अझै पनि डिजिटल साक्षरतामा ग्याप देखिइरहेको छ। यसलाई थप पहुँच र खाडल हुन नदिन प्रविधिमैत्री उद्यमशीलताको तालिम दिनु जरूरी छ। स्थानीय नियका र विकासका साझेदार संस्थाहरूसँग सहकार्य गरी बजार विकासको पनि त्यति नै खाँचो छ। अनि बल्ल महिला तथा ग्रामिण किसानहरू आत्मनिर्भर बन्न सक्छन्। ‘
यस्तै लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेल ग्रामिण महिलाहरूलाई उद्यमशीलताको सीप र दक्षतामा विकासका सबै साँझेदारहरूले सहयोग गरेमा मात्र दीगो विकासका लक्ष्य चुम्ने आट र सहास आउन सक्ने बताउँछन्। उनी भन्छन्, ‘दीगो विकासका लक्ष्यहरूमा महिलाको समान सहभागिता हुनु जरूरी छ। अझ प्रविधिमार्पत महिला उद्यमीहरू नेपालले बढाउन सके दीगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान हुनेछ । साथै मर्यादित काम र आर्थिक वृद्धिले थप उचाइ लिनेछ।’
आगामी दिनमा ग्रामिण महिलाको क्षमता वृद्धि र आर्थिक आत्मनिर्भरताका साथै समान सहभागितामा आफूहरूको सहयोग रहने उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्