२९ मंसिर २०८२, सोमबार
प्रदेस समाचार मधेश समाचार समाज

बोरामा राखेर भारत लैजान लागेका दुई बच्चाको उद्दार, एक जना पक्राउ

३ भदौ, जनकपुर । दुई नेपाली बालबालिकालाई बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल बाराको टोलीले देवताल गाउँपालिका–३, नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिने छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई उद्धार गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।

‘दुई जना बच्चाहरुलाई उद्धार गरेर उनीहरुलाई बोरामा हालेर लैजाने भारतीय नागरिक २२ वर्षीय ताबरेज आलमलाई पक्राउ गरिएको छ’, खड्काले भने, ‘थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बारा बुझाएका छौं ।’

सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बारा मातहतको बीओपी दक्षिण झिट्कैयामा नजिकै बच्चाहरु रोएको आवाज सुनेर जाँच गर्दा बच्चा फेला पारिएको सशस्त्र प्रहरीका एसपी टोपबहादुर डाँगीले जानकारी दिए ।

उनका अनुसार उद्धार गरिएका बालबालिका अभिभावकलाई जिम्मा लगाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि