१६ जेष्ठ २०८१, बुधबार
अर्थ सूचना प्रविधि

‘भारतीय कम्पनीको रजगज हटाउन एम बैंक सफ्टवेयर कम्पनी खोले’

२७ साउन, काठमाडौं ।  काठमाडौंका युवा विष्णु महर्जनले भारतमा सूचना प्रविधि पढ्दा थाहा पाए, नेपालको सूचना प्रविधिको क्षेत्रमा भारतीय कम्पनीहरुले निकै ठूलो व्यवसाय गरिरहेका छन् । त्यतिबेलैदिख उनले नेपालमा आईटी कम्पनी खोल्ने सपना देखेका थिए ।

सन् २००७ मा आईटीमा स्नातक गरेपछि उनी अन्नपूर्ण फाइनान्समा नोकरीका लागि प्रवेश गरे । अन्नपूर्ण फाइनान्समा उनले २ वर्ष काम सम्‍म आईटीको काम गरे । त्यहाँ उनले दुई वर्ष काम गरे र आईटी डिपार्टमेन्ट नै खडा गरे । त्यसपछि उनी नारायणी नेशनल फाइनान्समा आवद्ध भए। त्यहाँ उनले काठमाडौँको नेशनल फाइनान्स र चितवनको नारायणी फाइनान्सको मर्जर हुँदै थियो। दुई फरक-फरक स्थान र सफ्टवेयर भएका फाइनान्सलाई एउटै सफ्टवेयरमा समावेश गर्ने कामको नेतृत्व गर्दा धेरै कुरा सिक्ने अवसर पाए ।

मर्जरपछि बनेको कम्पनीमा पनि उनले विभागीय प्रमुखका रुपमा काम गरे । उनी त्यसपछि लघुवित्ततर्फ आफ्नो पाइला अगाडि बढाए र उनी निर्धन उत्थान लघुवित्तमा काम सुरू गरे । त्यहाँ पनि एकदमै धेरै चुनौतीहरू थिए। उनलाई त्यो चुनौतीहरु पार गर्न निक्कै कठिनाइ थियो ।

निर्धन उत्थानको देशैभरि १८६ वटा शाखा थिए। ती सबै शाखालाई मर्ज गरेर केन्द्रमा ल्याउनु थियो जुन बडो जोखिमको काम थियो। उनले शाखा कार्यालयहरूलाई केन्द्रीय कार्यालयको तथ्याङ्कमा ल्याउन धेरै मेहनत गर्नुपर्‍यो । प्रत्येक शाखाबाट सबै डेटा र सफ्टवेयरहरू सार्नु पर्‍यो।

करिब १८६ शाखाहरूलाई आफैले निगरानी गर्नु पर्‍यो। निर्धनमा आईटी डिपार्टमेन्ट नै थिएन । यस्तै क्षेत्रीय ब्रान्चमा काम गर्ने आईटी हेर्ने पर्सनहरूलाई काठमाडौं बोलाएर उनले काम थाले ।

त्यो काम गर्न उनलाई एक वर्ष नै लाग्‍यो । त्यतिबेला निर्धन उत्थानले हामीलाई इन्टरनेट चाहियो भनेर ठूलो टेन्डर निकालेको थियो। निर्धनकै लागि नेट भनेर वर्ल्डलिंकले ७७ वटै जिल्लामा इन्टरनेट पुर्‍याएको उनी दाबी गर्छन् ।

उनी भन्छन्, ‘निर्धनले आफ्नो सबै ब्राञ्चको लागि इन्टरनेट चाहियो भनेर टेन्डर आह्वान गर्‍यो। किनकी हामीलाई सबै डेटा क्षेत्रबाट केन्द्रमा सार्नु थियो। त्यतिबेला हाम्रै लागि भनेर वर्ल्डलिंकले ७७ वटै जिल्लामा इन्टरनेट पुर्‍यायो र आफूलाई ७७ वटै जिल्लामा इन्टरनेट पुर्‍याउने पहिलो आईएसपी भनेर घोषणा समेत गर्‍यो।’

उनी प्रविधिमा आफूलाई थप परिस्कृत गर्न चाहन्थे । किनकी उनमा प्रविधिको विकासमा नयाँ नयाँ खोजी र इन्नोभेशन गर्ने हुटहुटी बढिरहेको थियो । त्यसपछि उनी निर्धनबाट बहुँराष्ट्रिय कम्पनीमा जम्प गरे, जसले भारतबाट नेपाल आएर सफ्टवेयरहरू बनाउने काम गर्थ्यो । उक्त कम्पनीको अफिसमा थापाथलीमा रहेको थियो। उनी उक्त कम्पनीमा कम्पनी हेडको रुपमा काम गर्ने मौका पाए ।

त्यसपछि बल्ल उनले चाल पाए की सफ्टवेयर कम्पनीले यसरी काम गर्ने रहेछ ।  त्यसपछि उनले आफू आईटी उपभोक्ताको रूपमा मात्रै होइन की अब सफ्टवेयर मेकरको रुपमा रहेको थाहा पाए ।

उनले अब बैंक तथा वित्तीय संस्थाहरूले मागेको डिजाइन अनुसार सफ्टवेयरहरू बनाउनतिर अग्रसर भए । खासगरी बैंक तथा वित्तीय संस्था भन्दा पनि सहकारीहरूलाई डिजिटाइज्ट कसरी गर्ने भन्‍नेतर्फ दिन थालेको उनको भनाइ छ ।

उनले त्यो बहुराष्ट्रिय कम्पनीमा एक वर्षजति काम गरे। उनीसँगै कम्पनीमा काम गर्ने अर्का साथी थिए सञ्जय महासेठ । महासेठ मार्केटिङ हेड थिए । उनीहरूले एक वर्षसम्म कम्पनीमा काम गरेपछि चारैतिर गुनासै गुनासाहरू आउन थाल्यो ।

उनी भन्छन्, ‘कम्पनीको सबै काम भारतमै हुन्थ्यो। भारतबाट ग्राहकलाई राम्रो सेवा दिन सक्दैनथ्यो। काठमाडौंमा कोही पनि इन्जिनियर थिएन । सबै काम भारतबाटै हुन्थ्यो। तर हामीलाई भने सधैं ग्राहकबाट दबाब आउथ्यो।

ग्राहकले धेरै कष्टमाइजेशन बनाउन लगाउनु हुन्थ्यो। जुन कुरा नेपालमा बसेर सम्भव नहुने । हामी सधैं  ग्राहकको निशानामा पर्थ्यौ ।त्यसपछि हामीलाई लाग्यो आफ्नै सफ्टवेयर बनाउने कम्पनी भए गजब्ब हुन्थ्यो। किनकी इन्डियन कम्पनी नेपालमा आएर सफ्टवेयर बनाउन सक्छ भने हामीले नै त्यो काम किन गर्न सक्दैनौ ? ’

अनि सुरू भयो सहकारी एम बैंक सफ्टवेयर 

भारतीय मल्टीनेशनल कम्पनीले नेपालमा बैंक तथा वित्तीय क्षेत्रहरूलाई लक्षित गरेर काम गरिरहेका थिए । भारतीयहरूले उतैबाट सफ्टवेयरहरू बनाएर नेपालमा रजगज अर्थात हालीमुहाली गरिरहेको तर सेवा भने फिटिक्कै नदिने खालको उनी दाबी गर्दछन् ।

उनी भन्छन्, ‘ भारतीयहरू नेपालमा कम्पनीको शाखा शाखा कार्यालय खोल्ने तर काम भारतबाटै गर्ने गर्थ । हामीले उक्त कम्पनीमा काम गर्दा इन्जिनियरहरू सबै भारतका थिए। उनीहरूकै बोलबाला थियो। उनीहरूले नेपाली क्लाइन्टलाई सुरूमा सस्तोमा सेवा दिने र पछि प्रत्‍येक कष्टमाइजको चार्ज लिन लगाउने गर्थे । यसले भारतीय कम्पनीहरूको एकछत्र रजगज थियो।यसलाई हटाउन मन थियो र हामीले आफैले सन् २०१६ मा कम्पनी खोल्यौ।’

कम्पनीको नाम उनीहरूले एम बैंक राखे र सेवा चाहि सहकारी लिक्षित बताए । सुरूमा उनीहरू मध्यबानेश्वरमा एउटा कोठा भाडामा लिएर अफिस सञ्चालन गरे । उनी भन्छन्, ‘म र मेरो साथी महासेठ मध्यबानेश्वरमा एउटा कोठा लियौं र काम सुरू गर्यौं।’ पहिलो काम उनीहरूले स्प्यारो एसएमएसको इपीआई किनेर  एसएमएस बैंकिङ सफ्टवेयर बनाए । त्यतिबेला उनीहरू घर छेउकै सहकारी  भारगभमा ट्रायल गरे त्यो पनि नि:शुल्क ।

उनी भन्छन्, ‘हामीले घरछेउको सहकारी भारगभमा ट्रायल गर्‍यौं। त्यो ट्रायल टेस्ट सफल भएपछि हामीले विस्तारै मोबाइल बैंकिङको रुप दियौं।’

सहकारीको लागि उनीहरूले पहिलो पटक बैंकिङ एसएम सेवाको रुपमा धनगढीमा रहेको नवजीवन सहकारीलाई प्रदान गरे । दमकमा रहेको कन्काइ विकास बैंकमा उनीहरूले मोबाइल बैंकिङ सेवा प्रदान गरे । पहिलो पटक मर्कन्टाइलको पूमरीसँग सहकार्य गर्दै सफ्टवेयर बनाएको उनी बताउँछन्। हाल एम बैंकसँग पूमरी जस्तै ३८ वटा सफ्टवेयरहरू रहेको छ ।

विष्णु महर्जन भन्छन्, ‘ हामीले सुरूवात मोबाइल बैंकिङबाट गर्‍यौं। पहिलो पटक मर्कन्टाइसँग सहकार्य गरेर पूमरी सफ्टवेयर बनायौं ।हाल मेरो कम्पनीमा पूमरी जस्तो ३८ वटा सफ्टवेयरहरू छन् ।’

यसका साथै ४० जना पार्टनरहरू रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘ अहिले सहकारीका जति पनि सफ्टवेयर प्रयोग गरिरहेका छन्। ती सबै हाम्रै पार्टनरहरूले सफ्टवेयर बनाएका हुन् ।’

लकडाउनमा एम बैंकिङ थप परिमार्जन

 पहिला- मोबाइल बैंकिङमार्फ टपअफ, रिचार्ज मात्रै हुन्थ्यो । जब लकडाउन भयो। त्यसपछि मानिसहरू बाहिर निस्किन डराए। उनीहरू पहिला सुरक्षित हुने अनि मात्र अरू काम गर्ने भनेर घरभित्रै बस्न थाले । यसको उपाय स्वरूप उनले सहकारीबाट बैंकमा पैसा पठाउन मिल्‍ने सफ्टवेयर बनाए ।

उनी भन्छन्, ‘कोरोना महामारीको समयमा मानिसहरू घरबाट बाहिर ननिस्किने अवस्थामा पनि प्रविधिले साथ दियो हामीलाई । त्यसपछि हामीले सबैलाई सजिलो होस् भनेर सहकारीबाट बैंकमा पैसा पठाउने सफ्टवेयर थप गर्‍यौं। त्यसमा ई-सेवा, खल्ती, आइएमइ पेलगायतका राष्ट्रबैंकबाट मान्यता प्राप्त गेटवेहरूबाट सहकारीबाट बैंकमा पैसा पठाउन मिल्ने बनायौं।’

उनले यो सफ्टवेयर नेपालमा पहिलो पटक आफूहरूले नै बनाएको दाबी गर्छन् । यसको प्रयोग अहिले दुवैतर्फ हुन थालिसकेको उनको भनाइ छ । ‘ अहिले त सहकारीबाट बैंकमा र बैंकबाट सहकारीमा पनि पैसा पठाउन र पाउन सकिन्छ,  उनले भने, हामीले नेपालमा यो सफ्टवेयर पनि हामीले पहिलो पटक बनाएका हौ। यसले धेरै जनता र सहकारीका ग्राहकलाई राहत भएको छ । अहिले सहकारीबाट फोन पे पनि गर्न मिल्छ । ’

अब चाँडै नै नेपाल क्यूआर, स्मार्ट क्यूआर लगायतका नयाँ नयाँ आउने प्रविधि सबै थपिँदै जाने उनी प्रष्ट्याउँछन् ।

उनी भन्छन्, ‘पहिले मानिस राजस्वको पैसा,  ब्लूबुकको नवीकरण, बैकमा पैसा झिक्न र राख्‍न  लाइन लाग्थे। अहिले सबै मोबाइलबाटै अनलाइन हुन थालेको छ । यसले प्रविधिमा नयाँ फड्को मारेको छ । किनकी मानिसहरू खानेपानी, विजुलीबत्तिको बिल अनलाइन नै तिर्न थालिसकेका छन् । ’

  डिजिटल साक्षरता नै मुख्‍य चुनौती

सहकारीमार्फत कारोबार गर्नेहरूमा मोबाइल बैंकिङबारे निक्कै कम सचेतना रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘बैंकको त एउटा स्तरीय हुन्छ। तर सहकारीमा त्यो त सुविधान हुँदैन। किनकी सहकारी त गाउँ/टोलमा गएर सम्झाइ-बुझाइ गरेर आवद्धता गरिएको हुन्छ। यसले एम बैंकिङमा केही चुनौतीहरू भने छन्।

गाउँका महिलाहरू, आमाबुवा, सोझासिधालाई  एम बैंक कसरी चलाउने भन्‍नेबारे निक्कै झण्झटिलो र उपर्युक्त नहुनु स्वभाविक पनि हो। तर सचेतनाको कक्षा भने अनिवार्य दिनुपर्छ डिजिटली साक्षरता कार्यक्रमबारे । यही नभइरहनु नै आजको मुख्य चुनौती हो। ’

७ सय बढीलाई एम बैंकिङ सेवा३८ जनालाई जागिर

सहकारीलाई मोबाइल बैंकिंङसँग जोड्ने कामलाई निरन्तता दिंदै आएको हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिंग प्लेटर्फम “एम बैंक” आठौँ वर्षमा प्रवेश पुग्‍यो । सहकारीकालाई मोबाइल बैंकिङ र प्रविधिसँग जोड्ने उदेश्यले स्थापना भएको एम बैक  सात वर्षअघि काठमाडौंको मध्यबानेश्वरमा एउटा कोठाबाट सञ्चालनमा आएको कम्पनी हो।

काठमाडौंको बानेश्वरमा एउटा कोठा राखेर एसएमएस बैंकको सेवा दिएर सञ्चालनमा आएको एम बैंकले हाल ७०० सय बढी सहकारीलाई मोबाइल बैंकिंङको सेवा दिएर देशैभर पुग्ने कम्पनी बनेको छ ।

१२ हजार लगानीमा सुरु भएको संस्था अहिले झन्डै ५० करोडको भ्यालु भएको कम्पनी बन्दा खुसी लागेको उनी बताउँछन्। उनको कम्पनीमा हाल ३८ जना कर्मचाहरीहरू  कार्यरत छन् ।

उनी भन्छन्, ‘२ जनाले एउटा कोठाबाट १२ हजारमा सुरु गरेको सँस्थामा आज झन्डै तीन दर्जन व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएको र सहकारीलाई मोबाइल मोबाइल बैंकिंङमा जोडेर अनलाइन प्रविधिमा जोड्न पाउँदा खुसी छु ।

उनका अनुसार एम बैंकले सहकारी र बैंकलाई जोडेर सहकारीका सदस्यलाई मोबाइल बैंकिंङको प्रयोगबाट भुक्तानी तथा प्राप्ती गर्न सहज बनाउने काम गर्दै आएको छ।

एम बैंकले बनाएको एपको प्रयोगले सहकारी संस्थाका सदस्यलाई आफ्नो निक्षेप जम्मा गर्न तथा भुक्तानी गर्नलाई लाइनमा बस्नु पर्ने अवस्थालाई कम गर्दै गएको छ।

आफूसँग जोडिएका सबै सहकारीलाई मोबाइल बैंकिंङ उपलब्ध गराएको र आगामी दिनमा धेरै भन्दा धेरै सहकारीलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको एम बैंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनको भनाइ छ ।

उनका अनुसार एम बैंक एप प्रयोग गरी सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने छ। नेपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ ।

उनका अनुसार एम बैंक एपमा धेरै नयाँ सुबिधाहरु थप गरिएको छ। एम बैंक एपमा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्न सकिन्छ।

सहदेव चौधरी

सहदेव चौधरी

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *