३ फाल्गुन २०८२, आईतवार
राजनीति

बालुवाटारमा शीर्ष नेताहरुको बैठक मंगलबार फेरि बस्ने

२२ साउन, काठमाडौं । प्रमुख नीत दलका शीर्ष नेताहरुको सदनको अवरोध खुलाउने विषयमा सोमबार बसेका दुई वटा बैठक निष्कर्षमा पुग्न सकेन । मंगलबार फेरि अर्को बैठक बोलाइएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बस्ने गरी शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ ।

सभामुख घिमिरेले भनेका छन्, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’

शीर्ष नेताहरुका बीचमा सहमति नजुटे पछि सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजे सम्मतका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।

शीर्ष नेताहरु सिंहदरवार स्थित सभामुखको कार्यकक्षमा मध्यान्ह १२ बजे र दिउँसो साढे ३ बजे नयाँ वानेश्वर स्थित संसद भवनमै छलफलमा बसेका थिए । कुनै सहमति नभएपछि प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसा ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।