८ पुष २०८२, मंगलवार
समाचार

हतियार व्यवस्थापक सहित चारजना पक्राउ

१९ साउन, विराटनगर । विराटनगर महानगरपालिका ५ का रोहित चौधरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यसअघि दुई जना पक्राउ परेका थिए ।

बिहीबार थप दुई जनालाई पक्राउ गरेको हो । रोहितको हत्यामा भने तीन जना संलग्न थिए । हत्यामा संलग्न गिरोहलाई हतियार उपलब्ध गराउने व्यक्तीलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले जानकारी दिए ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-१ घर भइ धरान-८ भोटेपुल बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर महानगरपालिका-१५ का ४१ वर्षीय अज्जु भनिने अजयकुमार शर्मा छन् ।

चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि लेटाङ नगरपालिका- १ का दीपक तिम्सिना र धरान १४ का अनसन तामाङलाई पक्राउ गरेको थियो ।

गत साउन ५ गते धनकुटाको मुलघाटबाट फर्कने क्रममा उनको धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी हत्या भएको थियो । हत्यामा तीन जना संलग्न थिए ।

प्रहरीका अनुसार विराटनगरका शर्मा बाहेक अन्य हत्या र लुटपाटमा संलग्न थिए । शर्माले भने गिरोहलाई भारतबाट हतियार व्यवस्था गरिदिएका थिए ।

गत साउन ५ गते २८ औं जन्मदिनको दिन घरमा मिठाई बाडेर उनी साथीसँग धनकुटाको मुलघाट पुगेका थिए । फर्कने क्रममा सेउती पुल दक्षिण तर्फ बाइक रोकेर पिसाब फेर्न गएको समयमा लेटेरा समूहले उनीसँगै रहेकी साथीलाई हतियार देखाएर लुटपाट गरेको थियो ।

लुटपाटको प्रतिकार गर्दा तिम्सिनाले चौधरीमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

पक्राउ परेका तिम्सिना, तामाङ र लिम्बू मोरङको पथरीदेखि सुनसरीको चतरासम्मको उत्तरी जंगलको सडक खण्डमा भएका चारवटा लुटपाटका घटनामा संलग्न थिए ।

पक्राउ परेका तिम्सिना जबरजस्ती करणी मुद्धामा १० वर्ष कैद भुक्तान गरि दुई महिना अघि छुटेका हुन् । त्यसैगरि, तामांग लागु औषध मुद्धामा ६ महिना कैद भुक्तान गरि २ वर्ष अघि छुटेका अभियुक्त हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि