१२ श्रावण २०८१, शनिबार
राजनीति

गृहमन्त्रीले राजीनामा होइन, सुन प्रकरणबारे संसदमा जवाफ दिनुपर्छ : राप्रपा

१० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका बेला राप्रपाले सही छानबिन आवश्यक रहेको बताएको हो ।

‘राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्छ’ राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भने, ‘हामी संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दछौं । गृहमन्त्रीको जवाफ माग्छौं ।’

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल अवैध सुन बाहिरिएको घटनाका सन्दर्भमा राप्रपाले गृहमन्त्रीसँग जानकारी माग गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्