१२ श्रावण २०८१, शनिबार
सूचना प्रविधि

विद्युतीय व्यापार सम्बन्धी विधेयकका केही प्रावधन सच्चाउन माग

५ साउन, काठमाडौं । नेपाल अनलाइन बिजनेस ऐसोसिएसनले संसदमा विचाराधीन विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधान अनलाइन व्यापारका लागि प्रतिकूल रहेको भन्दै संशोधन गर्न माग गरेको छ ।

एसोसिएसनको एक प्रतिनिधिमण्डलले बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर प्रतिकुल प्रावधान सच्चाउन माग गरेको हो ।

एसोसिएनका अध्यक्ष नवराज भण्डारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अनलाइन व्यवसायलाई व्यवस्थित गर्ने गरी नयाँ कानुन ल्याउन लागेकामा स्वागत गर्दै विधेयकका १३ वटा विषय संशोधन गर्न माग गरेको हो ।

मन्त्री रिजाललाई बुझाइएको ज्ञापनपत्रमा प्रस्तावित विधेयकमा विद्यूतीय प्लेटफर्मको परिभाषामा समाजिक सञ्जाललाई पनि समावेश गर्न आग्रह गरिएको छ । अनलाइन कारोबारको महत्वपूर्ण र अभिन्न अंग सामाजिक सञ्जाल रहने भएकाले यसलाई समावेश गर्नुपर्ने माग गरिएको हो ।

विधेयकको दफा १० मा ग्राहकले वस्तु वा सेवा माग गरेपश्चात फिर्ता गर्दा बिना शर्त फिर्ता गर्नुपर्ने भन्ने प्रावधान पनि हटाउन आग्रह गरिएको छ । यस्तो व्यवस्थाले क्रेताले वस्तु टुटफुट गरेकामा समेत व्यवसायीले फिर्ता गर्नुपर्ने र त्यो अन्यायपूर्ण हुने उल्लेख छ ।

प्रतिनिधि मण्डलमा सहभागी एसोसिएसनका सचिवालय सदस्य त्रिलोचन सुवेदीका अनुसार नवप्रवर्तनमूलक र अधिकांश युवा सम्मिलत अनलाइन व्यवसायलाई प्रवर्द्धन गर्ने गरी आवश्यक संशोधन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्