१२ श्रावण २०८१, शनिबार
समाचार

कोशीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ, आचार्यलाई आर्थिक मामिला मन्त्रालय

२४ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।

माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री नियुक्त गरेका थिए ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्