News and Updates
2 वर्ष अघि

२० असार, काठमाडौं । नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो ।
एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको हो । संसद सचिवालयका एक अधिकारीका अनुसार बैठक स्थगितको सूचना जारी गर्ने तयारी भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया