१४ कार्तिक २०८२, शुक्रबार
समाज सूचना प्रविधि

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट्‍ने

१२ असार, काठमाडौं। चिनियाँ नागरिक तथा सेलिब्रेटी अर्बपति ज्याक मा नेपाल भ्रमणमा आएका छन्।

सार्वजनिक जीवनमा बिलरै देखिने गरेका ज्याक मा बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

ज्याक मासहित ६ जनाको टोली नेपाल भ्रमणमा आएको हो। ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्।

काठमाडौं ओर्लिएका ज्याक मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‍ने कार्यक्रम रहेको स्रोतले जानकारी दियो।

विश्वभर अर्बपति ज्याक माको चर्चा चलिरहन्छ। राज्य नियन्त्रित अर्थव्यवस्था रहेको चीनमा सरकार प्रमुखभन्दा चीनबाहिर धेरै लोकप्रिय भएपछि उनी चिनियाँ सरकारको तारोसमेत बन्ने गरेका छन्।

सरकारको निसानामा परेर विदेशिएका ज्याक मा गएको चैतमा चीन फर्किएका थिए। त्यसअघि उनी लामो समय जापान र थाइल्यान्ड बसेका थिए।

सन् २०२० को अक्टुबरमा ज्याकमाले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषण निकै महँगो पर्‍यो।

सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरिएको उक्त भाषणलाई लिएर चिनियाँ राष्ट्रप्रति सिजिनपिङ नै आक्रोशित बनेको कतिपय मिडिया रिपोर्टमा उल्लेख थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने