२४ कार्तिक २०८२, सोमबार
समाचार

बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु, एक घाइते

१० असार, बागलुङ । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

चट्याङ लागेर  चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए ।

चट्याङबाट कसरी जोगिने ?

यो प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न एवं नियन्त्रण गर्न सकिँदैन । तर, सावधानी भने अपनाउन सकिन्छ । घर निर्माण गर्दा अर्थिङ गराउनुपर्छ, जसले चट्याङको भय हुँदैन ।

सम्भव भएसम्म चट्याङ पर्ने अवस्थामा घरभित्रै बस्नु सुरक्षित हुन्छ । घरबाहिर भएपनि सुरक्षाको उपाय अपनाउनुपर्छ ।

१. घरभित्रको विद्युतीय उपकरणको स्वीच अफ गर्ने। टिभी, कम्प्युटर आदिको तार छोएर नबस्ने । साथै, धातुबाट बनाइएको झ्याल–ढोका आदिलाई छोएर बस्नुहुँदैन ।

२. भुइँमा सुत्नु, भित्तामा अडेसिनु पनि जोखिमयुक्त हुन सक्छ । झ्याल-ढोकाको छेउमा नबस्ने ।

३. चट्याङ परिरहेको बेलवा धारा खोलेर पानीको प्रयोग गर्नु पनि जोखिमपूर्ण हुन सक्छ । हात धुने, नुहाउने जस्ता काम नगरौँ ।

४. खोला, पोखरी आदिमा नबस्ने ।

५. अग्लो एवं खुला डाँडा, टावर, छत, रुख आदिमा नबस्ने ।

६. यदि तपाईं घरबाहिर हुनुहुन्छ भने होचो स्थानमा बस्नु उपयुक्त हुन्छ ।

७. मोटरसाइकल, साइकल आदि चलाइरहेको अवस्थामा पनि चट्याङ पर्ने सम्भावना हुन्छ ।

८. धातुको पाइप, पर्खाल, रूख आदिको छहारीमा नबस्ने ।

चट्याङले घाइते भएमा के गर्ने ?

यदि चट्याङले घाइते भएको अवस्थामा उसलाई तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ । श्वासप्रश्वास वा धड्कन रोृकिएको छ भने मुखमा मुख राखेर श्वास दिनुपर्छ ।

चट्याङले पोलेको, नसाहरूमा क्षति पुगेको छ, हात टुटेफुटेको छ भने प्राथमिक उपचारपछि तुरुन्तै स्वस्थ्य चौकी पुर्‍याउनुपर्छ ।

चट्याङ के हो ?

चट्याङ विपरीतबाट आएको बादल आपसमा ठोक्किँदा त्यसको अणुहरूबीच हुने आकर्षण, विकर्षण र घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ्ग एवं शक्ति हो । यो अचानक हुने विद्युतीय विस्फोटन हो । चट्याङले विद्युतीय लहर उत्पन्न गराउँछ । यसबाट जोगिनका लागि सावधानी अपनाउनैपर्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि