७ जेष्ठ २०८१, सोमबार
समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने सडक बाढीले बगायो

३० वैशाख, काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने सडक त्रियुगा नदीमा आएको बाढीले बगाएको छ । आइतबार  भारी वर्षाका कारण नदीमा आएको बाढीले सडक बगाएको चौदण्डी नगरपालिका- ५का  वडाध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने, ‘आज उदयपुरमा भारी वर्षा भयो। यही वर्षाले त्रियुगा नदीमा आएको बाढीले नदी वारपार गर्न बनाइएको सडक बगायो । […]

मुख्‍य समाचार समाचार

यूएईको बाढीमा एक नेपालीको मृत्यु

६ वैशाख, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा […]

समाज

राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा

१७ भदौ, बाँके । वर्षात् सुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-७ नयाँवस्ती फरेदागाउँका शंकर यादव रातिमा राम्ररी निदाउन सकेका छैनन् । ‘बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको छ’, उनले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षात्को समयमा राम्ररी निदाउन सकिन्न ।’ राप्ती […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु

१४ भदौ, काठमाडौँ। मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय […]

मुख्‍य समाचार समाज

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

९ भदौ, सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका-४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए । अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ । शुक्रबार बिहान सोही […]

मुख्‍य समाचार समाचार समाज

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनःनिर्माण थालियो

३ भदौ, गलेश्वर । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

३० साउन, सिन्धुपाल्चोक। मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा […]

गण्डकी प्रदेस समाचार समाचार समाज

२९ घर पूर्णरूपमा ध्वस्त,सडक अवरुद्ध हुँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प

३० साउन, ढोरपाटन । आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए । माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत […]

गण्डकी प्रदेस समाचार फिचर (Main Feature) फोटो फिचर समाचार समाज

मुस्ताङको कागबेनीमा कसरी पस्यो बाढी ? (तस्वीरहरू)

२९ साउन, बेनी । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए। कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भयो। ‘खाना खाने तयारी गर्दै थियौं। बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पाकेको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

२९ साउन, म्याग्दी। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, […]