३ कार्तिक २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सामाजिक सञ्जाल बन्दको निर्णयप्रति १७ विद्यार्थी संगठनको आपत्ति, तत्काल फिर्ता...

काठमाडौं । नेपाल सरकारले भदौ १९ गते मध्यरातदेखि सूचिकृत नभएका सामाजिक सञ्जालहरू जस्तै फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, लिङ्क्डइन लगायतका प्लेटफर्महरूमा...
कर्णाली मुख्‍य समाचार समाचार

भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र

बर्दिया । बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

धितोपत्र बोर्डमा लगानीकर्ताको २२ बुँदे माग, ठूलो संकटको सामना गर्नुपर्ने...

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राखि सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने जानकारी दिएको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध र्‍यालीमा  सहभागी बनेर बाठो नबन्न नेता÷अभियन्ताहरूलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले जेनजीहरूको विरोध र्‍यालीलाई समर्थन जनाउँदै आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न र उनीहरुलाई बुझ्न आग्रह गरेका छन् । ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फूर्त रूपमा जेनजीको हो । उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ । जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीका कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेनजी भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?,’ बालेनले फेसबुकमा लेखेका छन् । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र मौलाउँदो भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले भोलि (सोमबार) देशव्यापी रुपमा स्वतस्फूर्त विरोध गर्ने तयारी गरेका छन् ।
बागमती मुख्‍य समाचार समाचार सूचना प्रविधि

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा,...

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

ईभी नीतिमा मापदण्ड र बहस आवश्यक ः मन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री जयराम थापाले विद्युतीय सवारी (ईभी) को प्रवद्र्धनमा सरकार गम्भीर रहेपनि आवश्यक पूर्वाधारको अभावका कारण समस्या देखिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रममा बोल्दै मन्त्री थापाले ईभीको महत्वपूर्ण पक्षहरूप्रति सकारात्मक भए पनि चार्जिङ स्टेशनको पहुँच, गाडीको सर्भिसिङ तथा पाटपुर्जा व्यवस्थापन जस्ता कुरामा ठूलो चुनौती रहेको उल्लेख गरे । ‘ईभीको धेरै राम्रो पक्षहरू छन्, तर चार्जिङ स्टेशनको अभाव र सर्भिस तथा पाटपुर्जामा समस्या देखिएको छ,’ मन्त्री थापाले भने, ‘यी समस्याको समाधान खोज्नुपर्छ। केन्द्रीय सरकारले एकीकृत मापदण्ड तयार गर्नुपर्छ, र मापदण्ड कस्तो बनाउने भन्नेबारे छलफल हुनुपर्छ ।’ उनले नेपालको दिगो विकासको लक्ष्यलाई ध्यानमा राख्दै सहभागितामूलक बहस र नीति निर्माण अपरिहार्य रहेको धारणा राखे । यसैगरी आजपनि बागमती प्रदेशभित्र ३५ देखि ४० लाख खात गाडी किनेको फाइल रहेको बताए । कार्यक्रममा पद्य ज्योति ग्रुप अफ कम्पनीजका अध्यक्ष सौरभ ज्योतिले पनि विद्युतीय सवारी मात्र नभइ हाइड्रोजन फ्युल सेल, सोलार र हाइब्रिड सवारीसाधनलाई समेत क्लिन इनर्जी भेइकलको रूपमा लिनुपर्नेमा जोड दिए । ‘ईभीले प्रदूषण कम गर्छ र पेट्रोलियम आयातमा हुने विदेशी मुद्रा बचाउँछ, तर यसका अतिरिक्त अन्य प्रविधिहरू पनि वातावरणमैत्री छन्,’उनले भने, ‘२००३ मै ई१० नीतिको घोषणा र बजेट विनियोजन गरिए पनि २०२५ सम्म कार्यान्वयन नहुनु नीतिगत कमजोरी हो । अब हामी ई २० जस्ता विकल्पमा जान सक्ने अवस्थामा छौं, जसले समग्र राज्य र उपभोक्तालाई फाइदा पु¥याउँछ ।’      
अर्थ बागमती मुख्‍य समाचार समाचार

लगातार घट्दै नेप्से, कारोबार रकममा पनि कमी

काठमाडौं । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार...
बागमती मुख्‍य समाचार राजनीति

गोदावरीमा एमाले नेता–कार्यकर्ताको जमघट : तर निराश छन् स्थानीय व्यापारी

काठमाडौं । ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको...
बागमती मुख्‍य समाचार समाचार

नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो–२०२५ आयोजना हुँदै

काठमाडौं । अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्रक यातायात व्यवसायी महासंघको अधिवेशन मंसिरको अन्तिममा गर्ने निर्णय

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मंसिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ । शनिबार...
प्रदेस समाचार मुख्‍य समाचार विशेष समाचार

संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध हो’

प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृपक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता एवम श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । पितृपक्षका १६ दिन विभिन्न तिथिहरूमा विभिन्न कारणले मृत्यु भएका पितृहरूको श्राद्ध गरिन्छ । उनीहरूको आत्मालाई शान्ति मिलोस् भनेर सम्मान, कृतज्ञता र योगदानलाई स्मरण गर्दै आशीर्वाद लिने गरिन्छ । सोह्रश्राद्ध जसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ । सोह्रश्राद्धको महिनाभर चोखो निधो गर्नुपर्ने पण्डित डा.उत्तम लोचन न्यौपानेले बताए । उनले  श्राद्ध गर्ने मान्छेले करिब २४ घण्टा अगाडि कपाल खौरिनु पर्ने, देउता वस्त्र अनुसार धोती धारणा गर्ने, एक छाक शुद्ध खाने र स्नान गर्नपर्ने बताए । उनले श्राद्धमा महिलाको भूमिका सबैभन्दा धेरै हुने बताए । उनले श्राद्धमा ९० प्रतिशत भूमिका  रहने बताए । उनले नारीहरुको कर्मको प्रभावको कारणले गर्दा खुशी, उत्साह र उमङ्ग पितृहरुले प्राप्त गर्र्ने समेत बताएका छन् । ‘जो श्राद्धकर्ता हो, उसले करिब १२–१५ घण्टा अगाडि अर्थात् २४ घण्टा अगाडि कपाल खौरिनुपर्ने हुन्छ अनि देउता वस्त्रमा धोती धारणा गर्नुपर्छ । सकेसम्म सेतो वस्त्र लगाउने, एक छाक शुद्ध खाने, स्नान जस्ता कर्महरु गर्नुपर्छ । पहिलो दिन पितृको स्मरण गर्ने अनि भोलिपल्ट श्राद्धका कर्महरु विशेष रुपले गर्नुपर्छ । विशेष गरेर श्राद्धमा महिलाको को ९० प्रतिशत नै भूमिका रहन्छ’, उनले भने । महिलाहरुले बिहान चारबजे उठेर घरलाई लिपपोत गर्ने, चोख्याउने कर्म गरेर त्यसपछि भोजन बनाउने कार्यहरु गर्नुपर्ने हुन्छ  । ती सारा काम गरेर पनि जति इष्टमित्रहरु, कुल कुटुम्ब, दाजुभाइहरु आदीलाई खुवाईपियाइ गरेर राति अबेरसम्ममा भाँडाहरु माझेर सबै थनक्याउनुपर्ने बाध्यतामा पर्छन । त्यसैले पनि महिलाको भूमिका बढी देखिन्छ । नारीहरुको कर्मको प्रभावका कारण पितृहरुले खुशी, उत्साह र उमङ्ग प्राप्त गर्न गर्छन् भन्ने विश्वास पनि छ,’ उनले भने । उनले पितृलाई विशेष सेतो–पहेंलो बढी मनपर्ने, सेतो–पहेंलो फूलहरु चढाउनुपर्ने पनि बताए । सोह्रश्राद्धका दिनमा जसले श्राद्ध गरिदिन्छ र श्राद्ध लिन भनेर पितृहरु लोकमा आउने भएकाले श्राद्ध गरिदिनले हर्षोल्लास वा आनन्दका साथ,...