२८ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार

भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया 

रामेछाप । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भूमि समस्या समाधानको लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्री बानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए ।...
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

निजामती दिवसमा मार्तडी बजारको फोहर संकलन गरियो

बाजुरा ।  बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो । २२ औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रमसंगै मार्तडी बजारको फोहर संकलन गरेर कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए । उनका अनुसार, निजामती सेवा दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमसंगै मार्तडीमा बजारको फोहर संकलन, अस्पताल बाजुरामा उपचाररत रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाइएको बताएका छन् । साथै कार्यक्रममा उपस्थिति सम्पुर्ण निजामती कर्मचारीलगायत पत्रकारहरुको स्वास्थ्य परीक्षण समेत गरेर दिवस मनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले बताए। अस्पताल बाजुरामा उपचाररत रहेका करिब २७ जना बिरामीहरुलाई दिवसको अवसरमा फलफूल वितरण समेत गरिएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले निजामती सेवाको मूल्य–मान्यता, नैतिकता, सदाचारिता, र निष्ठाजस्ता गुणको पालना गरी नागरिकको सेवामा प्रतिबद्धता हुन आग्रह गरेका हुन्। २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाईदै आएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा दिवस मनाईने गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावत,...
बागमती मुख्‍य समाचार विशेष समाचार

सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने

काठमाडौं । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ । सरकारको निर्णयका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ललितपुर महानगरले विकास समितिका दुई भवनमा डोजर चलायो

काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ । महानगरले ती...
बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य तोलामा दुई हजार रुपैँयाँले बढ्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ । यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको चाँदी आज २ हजार ५ सयले कारोबार भइरहेको  महासंघले जनाएको छ ।  
मधेश मुख्‍य समाचार समाचार

मिथिलामा पितृ तर्पण सोह्र श्राद्ध सुरु

जनकपुर । जनकपुरधामसहित मिथिला क्षेत्रमा पितृ तर्पण (सोह्र श्राद्ध) आजबाट सुरु भएको छ । भाद्र कृष्णपक्षको औंसी तिथिलाई पितृ औंसी...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नीति सम्मेलनको तयारीमा चैतन्य एकेडेमी : पूर्वसचिव त्रिताललाई सम्मान गर्दै

काठमाडौं । चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३ औं श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा...
बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

हेटौंडा । चेपाङ समूदायको पहिचानसँग जोडिएको छोनाम(नुवागी) पर्वको अवसरमा आज(आइतबार)बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै आज आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्ले २०८१ चैत ९ गते प्रदेशको चेपाङबहुल जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा प्रत्येक वर्ष भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । बागमती प्रदेश सरकारले चेपाङको छोनाम पर्वको अवसरमा विगत दुई वर्षदेखि भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार उक्त बिदा दिने निर्णय गरिएको हो । चेपाङ समूदायको बाक्लो बसोबास भएका जिल्लाहरुमा नुवागी पर्वको अवसरमा बिदा दिइएको उनको भनाइ छ । चितवन जिल्लामा १८ हजार १ सय पुरुष र १७ हजार ५ सय ३७ महिला गरी ३५ हजार ६ सय ३७ चेपाङ बसोबास गर्छन् । त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् । धादिङमा ८ हजार ६ सय ८७ पुरुष र ८ हजार ४ सय ७३ महिला गरी १७ हजार १ सय ६० जना चेपाङ बसोबास गरेका छन् । चेपाङ बहुल रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले भदौ २१, २२ र २३ गते तीन दिन सार्वजनिक बिदा दिएको छ । नुवागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल पितृलाई चढाएर मात्र खाने गर्छन् । यो चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसैगरी नुवागी पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको शुभकामना दिएका छन् ।  
बागमती मुख्‍य समाचार राजनीति

निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ’

काठमाडौं । उप–प्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यस अुनरुप आफूलाई...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले  निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड भएको बताएकी छन्...
बागमती मुख्‍य समाचार समाचार

एनआरएलको २०औं बार्षिकोत्सव : उत्कृष्ट कर्मचारी र नियमित विरामीलाई सम्मान

काठमाडौं । नेशनल रेफरेन्स ल्यावोरेटोरी (एनआरएल)ले २०औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा शनिवार एक विशेष समारोहको आयोजना गरी उत्कृष्ट...
गण्डकी मुख्‍य समाचार समाचार

लम्जुङमा प्रचण्डको मोर्निङ वक : सहिद परिवार भेट र विद्यालय...

लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ...