१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

विदेशिएकाहरु क्षमता विकास गरेर फर्किनुहोला : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशिएका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्किन आग्रह गरेकी छिन् । विदेश जान चाहने विद्यार्थीलाई रोक्न नसकिएपनि क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् । महाराजगंज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राणाले ६२८ उत्तिर्ण भएका नर्सहरुमध्ये ५०५ विदेश गएको भन्दै उनले क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् । महाराजगंज नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हालसम्म प्राप्त गर्न नसकेको सुन्दा अचम्म लागेको पनि उनले बताइन् । ‘अझैपनि यो क्याम्पसले क्युएए प्राप्त नगरेको भन्ने सुन्दा अचम्म लागेको छ । यस विषयमा आज क्याविनेटमा राख्नेछु । यो क्याम्पसले आजसम्म कुनैपनि क्वालिटी नपुगेको भन्ने मलाई लाग्दैन । कुनैपनि आफ्नो पर्सनल रिसिभी, राजनीतिक प्रतिशोधको कारण यत्रो क्याम्पसले क्युएए नपाउनु राम्रो कुरा होइन । कि त कारण भन्न सक्नुपर्यो कि त कारण दिनसक्नु पर्यो ।’ यसैगरी मन्त्री डा. राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशोधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । मन्त्री डा राणाले भनिन्, ‘नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।’ उनले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन् । नेपाली नर्सहरु विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन्, ‘यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरुको सख्त खाँचो छ ।’    
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाज

बहुविवाहसम्बन्धी कानुनी प्रस्तावप्रति चर्को विरोध : ‘के महिलाहरु प्रयोगशाला मात्र...

महिलालाई वस्तु वा बच्चा जन्माउने मेसिनमात्र बनाउन खोजिदैछ : अधिकारकर्मी काठमाडौं । सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरी कानुनको मस्यौदा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभामुख घिमिरे स्वदेश फर्किए, भ्रमण प्रभावकारी भएको जानकारी

काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न छैटौं विश्व सम्मेलनमा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किएको...
बागमती मुख्‍य समाचार समाज

चिटिक्क बन्यो नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तल

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ स्थिति गाईखुराको नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तलको जीर्णोद्वार गरिएको छ । पुरातत्त्व विभागले जीर्णोद्वार गरेपछि...
बागमती मुख्‍य समाचार राजनीति

वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बढ्दो सवारी साधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण वायु प्रदूषण बढेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग्य र दिगोपनलाई खतरामा पार्न सक्ने धारणा राखे । उनले भने,‘सन् २०१२ मा बनेको र सन् २०१७ मा अध्यावधि गरेको पछिल्लो मास्टर प्लान यता यातायातको अवस्था निकै विग्रिएको छ । बढ्दो सवारी साधन र अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाई र वायू प्रदूषण बढेको छ । यस कारणले दैनिक यातायातलाई मात्र नभई आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको छ । यो ढिलो नै भइसकेको छ  । तर हामीले काम गर्नुछ । अहिलेपनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै विग्रने छ । जसले उपत्यका बस्न योग्य र दिगोपनलाई खतरामा पार्नेछ ।’              
बागमती मुख्‍य समाचार विशेष समाचार

बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयन सम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने कुरा भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे छलफल भएको छ । भारत, चीनलगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिनेगरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माणलगायतका विषयमा पनि छलफल भएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायत उपस्थित थिए । आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र विभागहरुसँग क्रमश ः छलफल गर्ने कार्यक्रम छ ।  
अर्थ बागमती मुख्‍य समाचार समाचार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन् ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

सुख्खाग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?

काठमाडौं । लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा प्रदेशमा पछिल्लो २४ घण्टामा मध्ययम देखि भारी वर्षा भएको छ ।...
बागमती मुख्‍य समाचार समाज

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
मधेश मुख्‍य समाचार विशेष समाचार समाज

सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको...