१० फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छः मन्त्री भण्डारी

बैतडी, १५ भदौः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताएका छन्...
कोशी मुख्‍य समाचार समाचार

श्रमदान अभियानबाट ३० हजार वृक्षरोपण

फुङ्लिङ ताप्लेजुङ, १५ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सम्बद्ध  योङ कम्युनिष्ट लिग वाइसिएल ले पर्यटकीय क्षेत्रमा श्रमदान अभियान मार्फत...
मुख्‍य समाचार लुम्बिनी

अबका दश दिनमा मल पाइन्छः कृषिमन्त्री

कृष्णनगर कपिलवस्तु, १५ भदौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका...
गण्डकी मुख्‍य समाचार समाचार

खेलाडी रानाको उपचारमा आर्थिक अभाव

दमौली तनहुँ, १५ भदौः जिल्लाको देवघाटमा वाइसिएलद्वारा आयोजित फुटबल प्रतियोगितामा घाइते भएकी शुक्लागण्डकी नगरपालिका–१० की ममता रानाको उपचारका लागि रकम...
कोशी मुख्‍य समाचार समाचार

सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन

धरान सुनसरी, १५ भदौः सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ ।...
अर्थ बागमती मुख्‍य समाचार समाचार

३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको छ । यसअघि बिहीवार बजार...
मधेश मुख्‍य समाचार समाचार

हराएका बालक इनारमा मृत अवस्थामा फेला

रौतहट । रौतहटको गुजरा नगरपालिका–९ सिमराभवानीपुरका बालक इनारमा मृत अवस्थामा फेला परेका छन । स्थानीय बिजय रामका तीन वर्षीय छोरा आर्यन राम घरदेखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख, प्रहरी नायब उपरिक्षक रूपा लाबुङ्गका अनुसार घरमा शनिबार निस्केको बालक खोजी गर्ने क्रममा फर्की नआएपछि आमाले खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी हुन । प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार मृत फेला परेको उनले जानकारी दिइन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झासहित प्रहरी चौकी सिमाराभवानीपुर र स्थानीय बासिन्दाले खोजतलास गरेको हो । गुजरा नगरपालिका–८ स्थित बालककोघर देखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बालकको शव चन्द्रनिगाहपुस्थित सरकारी अस्पतालमा राखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बागमती मुख्‍य समाचार समाचार

उर्जा सचिवको विदाइमा मन्त्री खड्काले भने ः उहाँ कुशल प्रशासक हो, राज्यले अझै उपयोग गर्छ

काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवा जीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरे । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विदाई कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई ‘प्रष्ट विचार राख्ने, काममा कठोर तर इमानदार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक’ भन्दै प्रशंसा गरे । मन्त्री खड्काले भने, ‘हस्पिटलको बेडमै रहँदा पनि जिम्मेवारीबारे सोच्ने उहाँ जस्ता समर्पित व्यक्ति राज्यको सम्पत्ति हुन्। साहित्य, लेखन र मनोरञ्जनप्रति रुचि राख्ने सचिव आचार्यलाई अवकाशपछि पनि राज्यले विभिन्न क्षेत्रमा उपयोग गर्न सक्नेछ ।’ २०८१ असोज ६ देखि ऊर्जामन्त्रालयमा सचिवको रुपमा कार्य गरेका आचार्यको योगदान स्मरण गर्नुहुँदै मन्त्री खड्काले स्वस्थ र सुखमय अवकाश जीवनको शुभकामना व्यक्त गरे । सो क्रममा सचिव सुरेश आचार्यले पनि भावुक मन्तव्य दिएका थिए । सेवाकालमा कसैप्रति कठोर व्यवहार भएको भए त्यसलाई पदको कठोरताका रूपमा बुझिदिन आग्रह गर्दै उनले भने, ‘मुलुकको ऊर्जा विकासको यात्रामा मन्त्रीज्यूको नेतृत्वमा सबैको साथ पाएँ । २८ हजार ५ सय मेगावाट उत्पादनको दीर्घकालीन लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र तयार पर्ने देखि जलविद्युत, प्रसारण लाइनदेखि भूमिगत आयोजनाको अनुगमनमा जुट्दा अपार अनुभव पाएँ ।’ आचार्यले बक्यौता रकम उठाउने, संरचनागत सुदृढीकरण गर्ने लगायतका चुनौतीपूर्ण काममा देखाएको प्रतिबद्धता स्मरण गर्दै भने, ‘राज्यले आवश्यकता ठाने भविष्यमा पनि म आफूलाई समर्पित गर्न सधैं तयार हुनेछु ।’ कार्यक्रममा सहसचिव सरिता दवाडीले सचिव आचार्यको लगनशीलता, कार्यशैली र प्रेरणादायी नेतृत्वको प्रशंसा गर्दै स्वस्थ जीवनको शुभकामना दिए । विदाई कार्यक्रममा ऊर्जा राज्यमन्त्री खामबहादुर गर्बुजा,...
मधेश मुख्‍य समाचार समाचार

क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

मुगु । टाउकोमा क्यान्सर भएर लाम्रो समयदेखि पीडा भोग्दै आएका छायाँनाथ रारा नगरपालिका—१० तल्लेख गाउँका राम बहादुर बिकको गत चैत्रमा...
बागमती मुख्‍य समाचार समाचार

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न भएको छ । आइतबार हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन...

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम...