इटहरी । देशभर जारी जेनजीको आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए । इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी...