१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

स्वास्थ्यकर्मी सम्मानित

मलेखु धादिङ, ३ भदौः धादिङको गङ्गाजमुना गाउँपालिकाले स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । पहाडको भिरपाखा चिर्दै, असहज बाटो हिँड्दै, औषधि र...
बागमती मुख्‍य समाचार समाचार

रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइनेः मन्त्री...

रसुवा, ३ भदौः बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात लामाले रसुवाली माटोले खोजेको र जनताले रोजेको योजना तथा कार्यक्रमलाई...
बागमती मुख्‍य समाचार समाचार

फोटोग्राफीमा क्रेज बढ्यो, फोटो स्टूडियोको व्यवसाय खस्कियो

काठमाडौं । कुनै समय यस्तो थियो–बजारका फोटो स्टुडियोहरुमा फोटो खिच्न लाइन बस्नुपर्ने, पालो कुर्नु पर्दथ्यो । व्यवसाय पनि उसैगरी चम्किन्थ्यो । खिचेको फोटो धुलाएर लिन हप्ता दिननै कुर्नुपर्ने अवस्था थियो । तर समय बदलियो । प्रविधिको विकासले स्टूडियोसम्म धाउनेहरु मोवाइलमै अभ्यस्त हुनथाले । स्टूडियोसम्मै पुग्नेहरुको संख्या पातलिएको छ । झकिझकाउन र भरिभराउ हुने फोटो स्टूडियोहरु खुम्चिएका छन् । व्यवसाय साँघुरिएको छ । एन्ड्रोइड र आइफोन मोबाइल सेटमा सुविधायुक्त क्यामेराले फोटोप्रेमीहरुलाई भुलाइदिएको छ । स्टुडियोमा गएर फोटो खिच्ने चलन हराँउदै गएको छ । फोटो धुलाएर अर्थात प्रिन्ट गरेर एल्बममा राख्ने चलन हराउँदै गएको छ । तर व्यवसायीहरुको बुझाइमा स्टूडियोमा व्यावसायको तौर तरिका र शैली फेरिएको छ । तर फोटोग्राफी बदलिएको छैन् । काठमाडौं न्यूरोडमा रहेको फोटो कन्सर्न ६५ बर्षदेखि स्टुडियोकै रुपमा चलिरहेको छ । प्रबन्ध निर्देशक दिनेशराज अर्याल भने स्टूडियो चलाउने वा काम गर्ने तरिकाहरुमा भरपर्ने बताउँछन् । ‘हामी समय अनुसार काम गर्छौं । हिजोभन्दा आज झन राम्रो हुँदै गइरहेको जस्तो लाग्छ,’ उनी भन्छन् । ‘६५ वर्ष पूरानो स्टुडियोे हो हाम्रो । फोटोग्राफी एउटा पेशा र व्यवसाय हो । यो क्षेत्रमा व्यवसायीहरू आउने जानेक्रम चलिरहन्छ । को ठिक छ र को जान्छ भन्ने कुरा समयले बताउने हो । त्यो व्यक्तिको व्यवसायीको इन्भेस्टमेन्ट, उसले गर्ने काम, तरिकामा भरपर्छ । हामी ६५ वर्षदेखि यही चोकमा टिकिरहेका छौँ । हिजोभन्दा आज झन राम्रो गरिरहेका छौं,’ उनले भने । उनले फोटोग्राफीले पहिला भन्दा अझै बढी विस्तृत रूपमा परिमार्जित र अझ बढी विस्तार हुँदै गइरहेको पनि बताए । हिजो स्टुडियोमा फोटो खिच्नुपथ्र्यो भने आज घरमै खिच्न सकिने भन्दै फोटोग्राफीले रूप परिवर्तन गर्दै आएको बताए । ‘फोटोग्राफी कता गइरहेको छ, कतै यो व्यवसाय नै मरिरहेको त छैन भन्ने खालको जिज्ञासा हुनु स्वाभाविक हो । धेरै मानिसहरूले यही जिज्ञासा राख्छन् । तर यो क्षेत्र विस्तृत रूपमा परिमार्जित एवम विस्तार हुँदै गइरहेको छ । रूप परिवर्तन गर्दै आइरहेको छ । हिजो स्टुडियोमा फोटो खिच्नुपथ्र्यो भने त आज घरमै खिच्न सकिन्छ । फोटोलाई रूपान्तरण गर्ने एवम धुलाउने प्रक्रियामा केही परिवर्तनहरू आएको छ । जसले आत्मसाथ गर्न सक्यो, उसले व्यवसाय राम्रै गरिरहेको छ,’ उनले भने । उनले एन्ड्रोइड फोन अथवा राम्रो रिजोलुसन भएका क्यामेरा भएका फोनहरूको उत्पत्ति भएपछि फोटोग्राफीलाई झनै सहयोग पुगेको बताए । फोटो खिच्नुमात्रै फोटोग्राफी नभएको भन्दै फोटोले एउटा सिंगो कथावस्तु बताउने गरेका छन् । उनले फोटोग्राफीको क्षेत्रले आफ्नो हिसाबले विस्तार भएको र फोटोग्राफीकै कारण  मोबाइल, डीएसएलआरहरूको  बढी प्रयोग भएको बताए । ‘एन्ड्रोइड अथवा राम्रो रिजोलुसन भएका क्यामेरा भएका फोनहरूको जब उत्पत्ति भयो फोटोग्राफीमा केही परिवर्तन आयो । घरघरमै फोटोग्राफर भएपछि फोटो किन खिच्न स्टुडियो जानुपर्यो ? फोटो खिच्नु मात्रै फोटोग्राफी होइन । फोटोले कथावस्तु बोकेको हुनुपर्छ । । इतिहासलाई सम्झाउने र उजागर गर्ने हुनुपर्छ,’ उनले भने । उनले अगाडि भने,‘फोटो खिच्नु मात्र ठूलो कुरा होइन । यसको एउटा प्रोसेस हुन्छ । खिच्नुदेखि कसरी धुलाउने, केमा धुलाउने,...
बागमती मुख्‍य समाचार राजनीति

देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई हुलाक टिकटमा प्रकाशन गरिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी हुलाक टिकटमा प्रकाशन...
बागमती मुख्‍य समाचार समाचार

वानेश्वरमा निभिया महिला विशेष तीज मेला हुँदै 

काठमाडौँ । ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि र ओसीएस बिजनेस सोलुसन प्रालिको संयुक्त आयोजनामा भदौ ६ गते, शुक्रबार राजधानीको नयाँबानेश्वर स्थित अर्पण ब्याङ्क्वेटमा निभिया महिला विशेष तीज मेला २०८२ हुने भएको छ । बिहान १० बजेदेखि साँझ७ बजेसम्म सञ्चालन हुने मेलामा विविध सांस्कृतिक, मनोरञ्जनात्मक र जनचेतनामूलक कार्यक्रमहरू रहनेछन् । मेलाको मुख्य आकर्षणमा तीज नृत्य कार्यक्रम, डीजे संगीत, चर्चित कलाकारहरूको दमदार प्रस्तुती, समाज डेण्टलद्वारा निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर, फायर एण्ड रेस्क्यू एकेडेमी नेपालद्वारा किचेनमा अग्नि सुरक्षा सम्बन्धी सचेतना, स्किन केयर सम्बन्धि चेतना मूलक कार्यक्रम, विश्वको प्रथम प्राकृतिक दुखाई विशेषज्ञबाट निःशुल्क परामर्श, विभिन्न उत्पादनहरूको प्रदर्शनी तथा बम्पर लक्की ड्र रहेका छन् । साथै, मेलामा १५ वटा स्टलमार्फत विभिन्न उत्पादन र सामग्रीहरूको प्रदर्शनी र बिक्री गरिनेछ । कार्यक्रममा लोकप्रिय गायिका शशी पुन मगर र गायक रबि रिमालले आकर्षक प्रस्तुति दिनेछन् भने दिनभर कार्यक्रम सञ्चालन शीतल शर्माले गर्नेछिन् । मेलालाई निभियाले मुख्य प्रायोजक तथा कियाना अर्नामेन्ट्सले सह–प्रायोजक गरेका छन् । यस्तै, कार्यक्रमलाई समर्थन गर्ने संस्थाहरूमा किवानिस क्लब अफ म्यारिगोल्ड, वीन, सनबिम, होटल ब्लुबेरी, सुस्वास्थ्य हस्पिटल,...
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन : विश्व स्वास्थ्य सङ्गठन

काठमाडौँ, ३ भदौ : विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ । यो सँगै बालबालिकाको प्राणघातक रोग...
बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको  १ हजार २ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।      
बागमती मुख्‍य समाचार विशेष समाचार

गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, रामेछापका नागरिकलाई सहजता

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर परिचयपत्र वितरण र नयाँ विवरण...
बागमती मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

काठमाडौँ, ३ भदौः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी०ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान...
बागमती मुख्‍य समाचार समाचार

स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली, ३ भदौ ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

भदौ ११ देखि सर्वसाधारणमा आईपीओ जारी गर्दै बन्दिपुर केवलकार

काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक...
बागमती मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रविधिको विकासले नेपालमा फोटो पत्रकारिता र फोटोग्राफी बन्दै गएको छ । एन्ड्रोइड मोबाइल सेटमा हाइ मेगापिक्सलको क्यामेराका कारण...