बागमती
मुख्य समाचार
राजनीति
विशेष समाचार
समाचार
काठमाडौं । पछिल्लो समय मधेश प्रदेश सरकारमा उथलपुथल आएको छ । जसका कारण मधेश प्रदेशका नेता कार्यकर्ताहरुमाझ हलचल मच्चिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले सोमबार विहान मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएको विषयले राजनीतिक अस्थिरता निम्ताएको छ । प्रदेश प्रमुखको कदमबारे आलोचना भइरहेका बेला मधेशी नेताहरुको फरक फरक अभिव्यक्तिहरु आइरहेको छ । यसै सिलसिलामा नेता एवम राष्ट्रका लागि युवा जागरण अभियानका अभियन्ता डा.शरदसिंह यादवसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । मधेस प्रदेश सरकारमा भएको पछिल्लो घट्ना के हो ? उक्त घट्नालाई कसरी हेर्नुभएको छ ? मधेस प्रदेशमा मुख्यमन्त्रीको शपथ ग्रहणबारे एउटा अप्रत्यासित घटना घट्यो । यसलाई म एउटा दुर्घटना भन्छु । प्रदेशका प्रमुख सुमित्रा सुवेदीले बर्दिबासको एउटा रिसोर्टमा बसेर एमालेका संसदीय दलका नेता सरोज यादवलाई शपथ खुवाउनुभयो । र केही मन्त्रीलाई जसरी सपथ खुवाउनुभयो त्यो गैह्रन्यायिक, गैह्रसंवैधानिक, गैह्रकानुनी कदम हो । बिहानै जसरी रिसोर्टमा शपथ गराइएको छ त्यो एकदमै गलत र निन्दनीय छ । प्रदेशको प्रमुखलाई सरकारले फिर्ता बोलाएको छ, जुन स्वागतयोग्य छ । मुख्यमन्त्रीलाई शपथ गराएको विषय पेचिलो बनेको छ । शपथ गलत थियो र ? संविधानको एउटा धाराको सरकारले राजीनामा गरिसकेपछि हामी सबैले प्रदेश भित्रको क्रियाकलापहरु राम्रैसँग हे¥यौँ । जुन चिजहरु अहिले भइरहेको छ, के त्यो आवश्यक थियो र ? सरकार निर्माणको क्रममा जसरी त्यहाँ दलहरुले जुन किसिमका क्रियाकलापहरु देखाए त्यो निन्दनीय छ । किनभने संघीयताको पक्षधर हामी मधेसी हौँ । जेनजी आन्दोलनपछि जसरी सात प्रदेशमध्ये छ वटा प्रदेशमा कुनै किसिमको हलचल भएको अवस्था छैन् । मधेश प्रदेशमा मात्रै सरकार परिवर्तनको हलचल र खेल किन सुरु गरियो भन्ने विषयबारे हामीले जरासम्म खोतल्नुपर्ने हुन्छ । यसको सुत्रधार भनेकै जनमत पार्टी र यसका नेताहरु हुन् । हिजो अस्तिसम्म आफ्नै नेतृत्वको सरकारलाई उहाँहरुले ढालेर फेरी अर्काको नेतृत्वमा सरकारमा जाने जुन प्रपन्च रच्नुभयो त्यसले मधेस प्रदेशमा अस्थिरता उत्पन्न भयो । प्रदेश प्रमुखले चालेको कदम संविधान अनुसार नै छैन र ? संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कसरी गलत हो ? मुख्यमन्त्री नियुक्त गर्ने संविधानको धारालाई टेकेर भएको कदम जायज हुनसक्ला तर जुन प्रक्रिया अवलम्बन गरियो त्यो गलत छ । हामीले त्यसको विरोध गरिरहेका छौं । एउटा रिसोर्टमा बिहान पाँच बजे, एक दिन अगाडिको डेट राखेर जसरी मुख्यमन्त्रीलाई शपथ ग्रहण गराउनुभयो त्यो प्रक्रिया नै गलत थियो । र गैह्रसंवैधानिक थियो । नेपालको इतिहासमा एउटा होटलमा गएर कुनै मुख्यमन्त्री अथवा मन्त्रीको शपथ ग्रहण भएको थिएन । हामी त्यसको विरोधी हौँ । उहाँले जुन प्रक्रिया अवलम्बन गर्नुभयो त्यो विल्कुल गलत छ । शपथको विरोधमा आन्दोलन भयो । तर आन्दोलनका नाममा तोडफोड र कर्मचारीमाथि कुटपिट गर्नु अराजकता भएन र ? आन्दोलनका क्रममा भएको क्रियाकलाप गलत हो । त्यसको विरोध गर्न चाहन्छु । जुन किसिमले मुख्यमन्त्रीको कार्यालय,...