घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ
२० कात्तिक, आठबिसकोट (रुकुमपश्चिम) । चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै हुनुहुन्थ्यो । कान्छो छोरा साथमै सुतेको थियो भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेको थियो । ‘त्यत्तिकैमा अकस्मात घर हल्लियो । के भयो भन्ने […]











