३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति

एमालेले बोलायो सचिवालय बैठक

२ फागुन, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भोलि दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । उनका अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकको एजेण्डा आज बस्ने कार्यालय बैठकले तय गर्नेछ । […]

खेलकुद मुख्‍य समाचार

हेटौंडामा क्रिकेट मैदान तयार, ठूला प्रतियोगिता गर्न सहज 

२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११, स्थित हेटौंडा एकेडेमीको जग्गामा क्रिकेट मैदान निर्माण गरिएको हो । जिल्लामा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालनका लागि मैदान नभएका बेला एकेडेमीको ३ बिघा जग्गामा क्रिकेट मैदान बनाइएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हेटौंडा एकेडेमीले मैदान तयार गरेर क्रिकेट खेलाडी उत्पादनमा सघाउ पुर्‍याएको बताए । हेटौंडा एकेडेमीका सञ्चालक अरुणराज […]

मुख्‍य समाचार समाचार समाज

गहना, गाडी र जग्गा कारोबारमा झुक्याएर ठगी गरेको आरोपमा ४ जना पक्राउ

२ फागुन, काठमाडौं । सुनका गहना, गाडी र जग्गा कारोबार गर्ने भनी मानिसहरुलाई विश्वासमा पार्दै ठगी गरेर फरार हुने ४ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु गाउँपालिका-३ का कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका-४ की मीना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ का रविन कुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका-६ […]

खेलकुद समाचार समाज

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा

२ फागुन, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नासलचोकमा राष्ट्र प्रमुखलाई किन सुनाइन्छ वसन्त श्रवण ?

२ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा उहाँले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरे । वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए । सरस्वती […]

समाचार समाज

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

२ फागुन, सल्लेरी ।  सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, ‘फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?’ उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउँछन् । उनले भने, ‘हिउँ नपर्दा […]

अर्थ मुख्‍य समाचार

३६ वर्षदेखि कुखुराको व्यापारमा तल्लीन छविलाल

२ फागुन, कञ्चनपुर । तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आएका छन् । स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उनले बेच्ने गर्दै आएका छन् । कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरेको छ । दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने […]

मुख्‍य समाचार समाचार समाज

पाल्पा जीप दुर्घटनामा १० जना मृतकको सनाखत

२ फागुन, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन । तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची […]

मुख्‍य समाचार समाचार समाज

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

२ फागुन, काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा […]

राजनीति समाचार समाज

ललिता निवास जग्गा प्रकरणको सुनुवाइ सकियो

१ फागुन, काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा अनियमिता प्रकरणको मुद्दामा सुनुवाइ सकेको छ । २ माघमा सुरु भएको सुनुवाइ मंगलबार सकिएको र सम्भवतः बुधबार फैसला आउनेछ । ‘करिव एक महिनाअघि सुरु भएको सुनुवाइ आज सकिएको हो, हरेक दिन सुनुवाइ सकेपछि इजलासमा मिसिल अध्ययनको काम पनि भइरहेको छ’, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले भने, […]

मुख्‍य समाचार समाचार समाज

नेपालको ‘तराई भू-परिधि’ विश्व सूचीमा समावेश

१ फागुन, काठमाडौँ । नेपालको तराई भू-परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’ को विश्व सूचीमा समावेश भएको छ । ‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले आज नेपालको तराई भू–परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई सो सूचीमा समावेश गरेको हो । नेपालको तराई भू–परिधिसहित ‘मनग्रोभ रिजेनेरेसन इन श्रीलङ्का, […]

समाचार समाज

पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

१ फागुन, पाल्पा । पाल्पाको चिदिसामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, केहिबेरअघि भएको दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको हो । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ । जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको […]