१ चैत्र २०८२, आईतवार
समाज

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुदै

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुद ७ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् । उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा […]

खेलकुद

चीनमा १९औ एसियाडको भव्य उद्घाटन

६ असोज, हाङजाउ । एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे । राष्ट्रपति सीले पनि १९ औं एसियाडमा निकै रुचि दिइरहेका थिए । १९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका […]

राजनीति

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

६ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहने […]

अर्थ

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

६ असोज, काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको विकास क्रमशः भइरहेपनि अपेक्षित रुपमा प्रगति हुन नसक्नुका पछाडि रहेका समस्याहरुको पहिचान गरेको छ । ऊर्जा संरचनाको विकासका प्रर्याप्त आन्तरिक पूँजीको व्यवस्था तथा परिचालन हुन नसक्नु र बहुपक्षीय निकायलगायत अन्य क्षेत्रबाट प्रर्याप्त मात्रामा लगानी भित्र्याउन नसक्नुलाई सरकारले प्रमुख समस्याको रुपमा चित्रण गरेको छ । यस्तै, वातावरणीय अध्ययन, […]

राजनीति

चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, चिनियाँ राष्ट्रपतिसँग आजै भेटवार्ता हुने

६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स […]

राजनीति

देशभर २२ जनप्रतिनिधि रिक्त, वैशाखमा उपनिर्वाचनको तयारी

५ असोज, काठमाडौं । देशभर २२  जनप्रतिनिधि रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार एक/एक प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छ । संविधान सभाका अध्यक्ष सुवास नेवाङको निधन भएपछि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर १ रिक्त भएको छ । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा इलाम १ बाट नेम्वाङ निर्वाचित […]

राजनीति

राष्ट्रपतिमाथि ओलीको टिप्पणी : बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ

५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबारे कडा टिप्पणी गरेका छन् । सरकारले जे लग्यो, त्यही स्वीकार गर्ने गरेको उनले बताए । पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले अपराधीलाई आममाफी दिएर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको बताए । प्राध्यापकको ढाड भाँच्नेको समेत मुद्दा फिर्ता लिइरहेको भन्दै उनले भने, […]

समाज

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने बताइन् । सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको पनि […]

‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म थपियो

५ असोज, काठमाडौं । पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ । किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए । अब असोज ६ गते शनिबारदेखि १० […]

मुख्‍य समाचार राजनीति

अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

५ असोज, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले सबै सरोकारवालाको ध्यान सूचना प्रविधिको विकासमा हुनुपर्ने बताएकी छिन् । आज युनियन अफ आइसिटीएस प्रोफेसनल्स नेपालले आयोजना गरेको ‘नेपालमा दिगो रोजगारी आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादका अवसरमा उनले सूचना प्रविधिको विकासका लागि […]

मुख्‍य समाचार राजनीति

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

५ असोज, काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस […]

मुख्‍य समाचार राजनीति

परराष्ट्र नीतिमा साझा सहमति बनाऔं : माधव नेपाल

५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सुरक्षा नीति र परराष्ट्र नीतिमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सुरक्षा र परराष्ट्र नीतिमा सबै पार्टीबीच साझा सहमति बनाउनुपर्ने बताएका हुन् । दलहरुबीच आन्तरिक द्वन्द्व भए पनि सुरक्षा नीति र […]